२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश छोड्ने हैन देशमै बसेर देशलाई बदलौ: डा बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश छोड्ने हैन देशमै बसेर देशलाई बदल्ने कार्यमा आआफ्नो क्षेत्रबाट क्रियाशील बन्न आग्रह गर्नुभएको छ ।

अमेरिकी दूतावासको सहयोगमा संचालित युवा शसक्तिकरण सम्बन्धी एक कार्यक्रममा सहभागी युवाहरुलाई नेता भट्टराईले नेपाल कसरी बन्छ भन्ने विषयमा अभिमुखीकरण गर्दा युवा जोश र उमंग देखेर आफै युवा भएको अनुभूति समेत भयो ।

सातवटै प्रदेश र ३५ जिल्लाबाट छानिएका २० देखि ३० बर्ष उमेर समूहका ५५ जना युवाहरूलाई “नेपाल कसरी बन्छ भन्ने बिषयमा अभिमुखीकरण गरिएको दुताबासले जनाएको छ ।
नेता भट्टराईले नेपाललाई छिटो समृद्ध र सुखी बनाउन जटील भूराजनीतिको वस्तुपरक व्यवस्थापन, लोकतन्त्रको सबलीकरण र सुशासन, चार आयामिक ( वृद्धि, वितरण, दिगोपन, खुशीपन ) समतामूलक समृद्धिको आवधिक कार्ययोजना निर्माण तथा कार्यान्वयन र नवप्रवोधन (स्वतन्त्रता, समानता , समभाव, समृद्धि ) को विचार सहितको भिजिनरी नेतृत्व हुनुपर्नेमा बताउनु भयो ।

उहाँले युवाहरूलाई नेपालको विशिष्ठ ऐतिहासिक पहिचानप्रति गर्व गर्दै र ‘एशियाली शताब्दी’ ले ल्याउने अपार सम्भावनाप्रति आश्वस्त बन्न पनि आग्रह गर्नुभयो ।