• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी ★   नासाउको ड्रप-इन पिच विवादमा, भारत–पाकिस्तानको खेलअघि मर्मत गरिदै ★   गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न – गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ? ★   मनसुनजन्य विपदबाट झापामा ४२ हजार प्रभावित हुने प्रक्षेपण ★   झापामा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु ★   सन्दीपको भिसाका लागि सरकारले उचित पहल गरेन: विश्वप्रकाश शर्मा ★   काठमाडौँ महानगरपालिकामा १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति (सूचीसहित) ★   भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट ★   ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु ★   नरेन्द्र मोदीले ८ जुनमा शपथ लिने, प्रधानमन्त्री प्रचण्डसहित छिमेकी देशका नेताहरूलाई निमन्त्रणा

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक



काठमाडौ । संसद्का पाँच वटा समितिको बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक २७ गते मात्र बस्ने भएपछि आज संसद्का धेरै वटा समितिको बैठक एकैचोटी बस्न लागेका हुन् ।

संघीय संसद सचिवालयले अहिले संसद्को क्यालेन्डर नै बनाएको छ । त्यही क्यालेन्डरअनुसार संसद् र संसदीय समितिका बैठकहरु बस्ने गरेका हुन् ।

आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो साढे १ बजे बस्दै छ । बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भए बमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ ।

यसअघि बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।

मध्याह्न १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको वर्तमान अवस्था र अनुगमन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।