२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

राप्रपा निकट भूतपूर्व सैनिक संगठनको मार्चपास आज

राप्रपा निकट भूतपूर्व सैनिक संगठनको मार्चपास आज
अ अ+ अ-

काठमाडौं । राप्रपाले यही २७ चैतमा काठमाडौंमा गर्ने जनप्रदर्शनको पूर्वसन्ध्यामा पूर्वसैनिकले आइतबार मार्चपास गर्ने भएका छन् । गत ९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले यही २७ चैतमा काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने भएको छ ।

यसको तयारी अन्तिम चरणमा पु¥याएको राप्रपाले आफ्नो माग पूरा गराउन दबाब स्वरुप आजदेखि नै विरोध प्रदर्शन गर्ने भएको छ । जसअनुसार आज काठमाडौंमा राप्रपाको पूर्वसैनिक संगठनले मार्चपास गर्दै छ । वृहत जनप्रदर्शनको अघिल्लो दिन सोमबार नेपाल सनातन धर्म संस्कृति संगठनले शंख जुलुस निकालिने राप्रपाले जनाएको छ । जनप्रदर्शनलाई भव्य बनाउँदै सरकारलाई दबाब महसुस गराउने गरी तयारी गरेको राप्रपाले काठमाडौं उपत्यकाका हरेक पालिकामा कमाण्डर तोकेको छ भने ति कमाण्डरले पनि वडा कमाण्डर तोकेर कार्यक्रम सफल बनाउने गरी काम गरिरहेका छन् ।

ती कमाण्डरको नेतृत्वमा काठमाडौं उपत्यकाको दर्जनौँ स्थानबाट झाँकीसहितको ऱ्याली निकाल्ने तयारी राप्रपाको छ । मंगलबार हुने वृहद जनप्रदर्शनमा व्यापक जनसहभागिता हुने राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठको दाबी रहेको छ। राप्रपाले अग्रसरता लिएको हो, तर अहिलेको यथास्थितिबाट मुक्ति चाहने सबैको कार्यक्रम भएकाले जनता स्वस्फूर्त सडकमा निस्कने श्रेष्ठको दाबी छ। सरकारमै सहभागी दलका कार्यकर्ताले समेत हामीलाई शुभकामना दिइराख्नु भएको छ, सकेसम्म सहभागी हुन्छौं भनिरहेका छन्, टोल टोलमा मान्छे उकुसमुकुस भएर बसिरहेका छन्, जनसहभागीता सोचेभन्दा धेरै राम्रो हुनेवाला छ, श्रेष्ठले भने ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँदे मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नु्पर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था गर्नुपर्ने, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्नेलगायत उल्लेख छ ।