१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बटलरको शतकमा राजस्थानले बैंगलोरलाई ६ विकेटले हरायो, कोहलीको शतक काम लागेन



अ+ अ-

काठमाडौँ । इंन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले लगातार चौंथो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

अन्तिम बलमा छक्का प्रहार गर्दै राजस्थानका ओपनर जोस बटलरले शतक बनाउँदै अविजित रहे । ५८ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, कप्तान सञ्जु सामसनले ६९ रनको योगदान दिए । ४२ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । सिमरोन हेटमायर ११ रनमा अविजित रहे । बलिङतर्फ बैंगलोरका रिस टोपलेले २ तथा यश दयाल र मोहम्मद सिराजले १–१ विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर ब्याटिङ ब्याटिङ थालेको बैंगलोरले २० ओभरमा ३ विकेटको क्षतिमा १८३ रन जोडेको थियो । विराट कोहलीले ११३ रनको अविजित शतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । कोहलीको यो आईपीएल इतिहासमा कीर्तिमानी आठौं शतक हो ।

७२ बल खेलेका उनले १२ चौका र ४ छक्का प्रहार गरे । यस्तै, फाफ डु प्लेसिसले ४४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ राजस्थानका युजभेन्द्र चहलले २ तथा नान्द्रे बर्गरले एक विकेट लिए । जितसँगै राजस्थान अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । राजस्थानको ४ खेलबाट ८ अंक छ । ५ खेलमा ४ खेलमा हार ब्यहोरेको आरसीबी २ अंकका साथ आठौं स्थानमा छ ।