२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक पर्यटक प्रवद्र्धनका लागि व्यवसायी देश भ्रमणमा



अ+ अ-

काठमाडौं । कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि पर्यटन बस व्यवसायी देश दौडाहामा लागेका छन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) को नेतृत्वमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन बस व्यवसायीको समूह लुम्बिनी र बर्दिया भ्रमणमा लागेका हुन् ।

कोरोना सङ्क्रमणसँगै नेपाल पर्यटन वोर्डको सहकार्यमा लुम्बिनी  र बर्दियामा हुन लागेको ‘हेल्थ प्रोटोकल कम्युनिकेशन तालिम’ मा भाग लिनका साथै देशभरका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस सञ्चालनका लागि आजदेखि देश दौडाहामा लागिएको टिवानका अध्यक्ष ईश्वर शर्माले राससलाई जानकारी दिनुभयो । 

“लुम्बिनी र बर्दिया भ्रमण गर्न लागेको उक्त टोलीले काठमाडौँबाट लुम्बिनी र बर्दियामा सीधा पर्यटकीय बस सञ्चालनका लागि त्यहाँका पर्यटक व्यवसायीसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ”, अध्यक्ष शर्माले भन्नुभयो । 

टिवानले नेतृत्व गरेको २० जनाको उक्त समूहमा नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा०का अध्यक्ष अच्युत गुरागाईँ, नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज् (नारा) का महासचिव शिशिर खनाललगायतको सहभागिता रहेको छ । रासस