२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

आकर्षक बन्दै दशरथ रंगशाला – फोटोफिचर

आकर्षक बन्दै दशरथ रंगशाला – फोटोफिचर
अ अ+ अ-

काठमाडौँ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशालामा नै विश्वकप छनोट चरणको खेल खेल्न अयोग्य भएपछि नेपाली खेलकुद निकायको सर्वत्र आलोचना भएको थियो । त्रिपुरेश्वरको दशरथ रंगशाला नै नेपाली फुटबलको एक मात्र अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान हो । तर यही मैदान खेल्न योग्य भएन र नेपालले विश्वकप छनोट चरणअन्तर्गत बहराइनसँगको ‘होम म्याच’ गुमाउनु परेको थियो ।

एएफसीका प्रतिनिधिले नै निरीक्षण गर्दै दशरथ रंगशालामा खेल्नयोग्य नभएको प्रतिवेदन तयार पारेपछि नेपालबाट आयोजनाको अधिकार खोसिएको हो । त्यससँगै नेपाली खेलकुदको कार्यकारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मैदानको संरक्षण गर्ने जिम्मेवारी पाएको एन्फाबाट त्यो अधिकार खोसेको थियो । त्यसयता राखेपले नै मैदानको संरक्षण गर्दै आएको छ ।

हाल माउण्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रा.लि.ले दशरथ रंगशालाको घाँसे मैदानलाई निकै आकर्षक बनाएको छ । माउण्ट एभरेस्ट स्पोर्ट्स प्रा.लि. फुटबलको मैदानमा निर्माण सम्बन्धि काम गर्दै आएको संस्था हो । राखेपले सो कम्पनीलाई काम गर्न ठेक्का दिएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै राखेपका सदस्यसचिव टंकलाल घिसिङले जिम्मेवारी पाएको एन्फाले राम्रोसँग काम गर्न नसकेपछि देशका प्रतिष्ठासँग जोडिएको आयोजनालाई जोगाउन परिषद्कै जिम्मेवारीमा राखिएको बताउनु भयो । अब एन्फाले दशरथ रंगशालामा खेल आयोजना गर्न परिषद्को स्वीकृति लिनुपर्ने सदस्य घिसिङको भनाइ छ ।

अन्य विभिन्न खालका इभेन्ट आयोजनाका लागि भने राखेपले दशरथ रंगशालामा नदिने स्पष्ट पारेको छ । रंगशालाका मैदानमा मात्र नभएर सेन्थेटिक ट्य्राक समेत संरक्षण गर्न राखेपले कार्यदल नै बनाएको छ । व्यावसायिक खेलाडीलाई मात्र रंगशालामा अभ्यास गर्ने वातावरण बनाउने राखेपको तयारी छ ।

राखेपले नेपाली खेलकुदमा खराब परिस्थिति दोहोरिन नदिन दीर्घकालसम्म दशरथ रंगशालाको व्यवस्थापकीय जिम्मेवारी आफैँमा सीमित राख्ने जनाएको छ । खेल्नका लागि योग्य खेल मैदानमा बनाइराख्न राखेपले काम गर्ने राखेप सदस्यसचिवको भनाइ छ । यदि यो मैदानमा कसैले आगामी दिन खेल हुन योग्य छैन भन्नु भन्दा अगाडि राखेपसँग पनि सहकार्य गर्न आग्रह गर्नुभयो ।

राखेपले आगामी जेठ १४ गतेसम्म दशरथ रंगशाला तयार गर्न माउन्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेण्ट प्रालीलाई जिम्मेवारी दिएको छ । तर माउण्ट एभरेष्टले केही हप्तामा नै अन्तर्राष्ट्रिय खेल खेल्न योग्य बनाउने विश्वास व्यक्त गरेको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै माउण्ट एभरेस्ट स्पोर्ट्स एण्ड इभेन्ट प्रालीका निर्देशक थमन भुसालले पछिल्लो एक महिनादेखि मैदानलाई मलजल गर्ने, लेभल गर्ने र हरियो बनाउने काम गरिरहेको बताउनु भयो । भविष्य नयाँ प्रविधि प्रयोग गरेर यो रंगशालालाई राम्रो बनाउने भुसालको विश्वास छ ।

विश्वकप छनोट चरणअन्तर्गत आगामी जुन ६ मा नेपालको संयुक्त अरब इमिरेट्स (युएई) सँग ‘होम म्याच’ तय छ । उक्त ‘होम म्याच’ दशरथ रंगशालामा नै खेल्न योग्य हुनेगरी राखेपले तयारी गरिरहेको छ । यद्यपि त्यसको लागि एन्फाको भूमिका पनि महत्वपूर्ण हुने राखेपले उल्लेख गरेको छ ।