२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित फुङलिङमा र्‍याली निकालियो – फोटोफिचर



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित देशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली निकालिएको छ ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा शनिबार सदरमुकाम फुङलिङमा निकालिएको र्‍यालीमा सयौं संख्यामा जिल्लाबासीको सहभागिता रहेको थियो ।

‘वृहत्त नागरिक सद्भाव र्याली’ लेखिएको व्यानरसहितको उक्त र्‍यालीमा नौमति बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रर्दशन गरिएको थियो ।

र्यालीमा उपस्थित स्थानीयले केबलकार बने जिल्लाको विकासमा फड्को मार्ने प्रतिक्रिया दिएका थिए ।

र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासमा केवलकारको निर्माणले ठूलो टेवा पुयाउने हुँदा यो कार्यमा सबैले सहयोग गर्नुपर्ने धारना राखे भने युमा साम्यो अभियान्ता पदमचेञ्जी मावोले ताप्लेजुङ जिल्लाको विकास, समृद्धि र पहिचानका लागि पाथीभरा क्षेत्रमा केवलकार बन्नुपर्ने बताए ।

यस्तै, कार्यक्रममा सहभागी महिला अगुवा मिना गुरुङले केबलकार निर्माणप्रति भ्रम सृजना गरेर विकास नरोक्न सबैलाई आग्रह गरिन् ।

तस्बिरः हेमराज निरौला