९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरामा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित फुङलिङमा र्‍याली निकालियो – फोटोफिचर



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित देशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली निकालिएको छ ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा शनिबार सदरमुकाम फुङलिङमा निकालिएको र्‍यालीमा सयौं संख्यामा जिल्लाबासीको सहभागिता रहेको थियो ।

‘वृहत्त नागरिक सद्भाव र्याली’ लेखिएको व्यानरसहितको उक्त र्‍यालीमा नौमति बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रर्दशन गरिएको थियो ।

र्यालीमा उपस्थित स्थानीयले केबलकार बने जिल्लाको विकासमा फड्को मार्ने प्रतिक्रिया दिएका थिए ।

र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासमा केवलकारको निर्माणले ठूलो टेवा पुयाउने हुँदा यो कार्यमा सबैले सहयोग गर्नुपर्ने धारना राखे भने युमा साम्यो अभियान्ता पदमचेञ्जी मावोले ताप्लेजुङ जिल्लाको विकास, समृद्धि र पहिचानका लागि पाथीभरा क्षेत्रमा केवलकार बन्नुपर्ने बताए ।

यस्तै, कार्यक्रममा सहभागी महिला अगुवा मिना गुरुङले केबलकार निर्माणप्रति भ्रम सृजना गरेर विकास नरोक्न सबैलाई आग्रह गरिन् ।

तस्बिरः हेमराज निरौला