काठमाडौँ । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता सुरू भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर अहिले उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराइरहेका छन् ।
यहाँ एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बू, कांग्रेसबाट डम्बर खड्कासहित अन्य साना दलले पनि उम्मेदवारी दर्ता गराउँदैछन् ।