• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo

नेपाल बङ्गलादेश बैंकद्वारा डिसी कार्ड योजना शुरु



काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले विभिन्न पेशामा कार्यरत पेशागत व्यक्तिहरुलाई लक्षित गरी  स-साना व्यक्तिगत आवश्यकता परिपूर्ति गर्नका लागि डिसी कार्ड योजना ल्याएको छ । 

उक्त योजनाअन्तरगत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने छ । साथै ग्राहकहरुले कर्जाको सीमा अन्तरगत रही रकम उपयोग गर्न पाउने छन् । त्यसैगरी सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्नेछन् ।  

हालसम्म  बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।