२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

अपराजित राजस्थानले घरेलु मैदान जयपुरमा बैंगलोरसँग खेल्दै

अपराजित राजस्थानले घरेलु मैदान जयपुरमा बैंगलोरसँग खेल्दै
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १९औं खेल आज राजस्थान रोयल्स (आरआर) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) बीच हुँदैछ । खेल जयपुरको सवाई मानसिंह स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली राजस्थान ५९ रनमा अलआउट भएको थियो । राजस्थानले यस सिजनका तीनवटै खेल जितेको छ । अर्कोतर्फ, बैंगलोरले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ ।

आईपीएलमा राजस्थान र बैंगलोरबीच ३० खेल खेलिएका छन् । राजस्थान १२ मा र बैंगलोर १५ खेलमा विजयी भएको छ । यी दुईबीचको ३ खेल अनिर्णित रह्यो । दुई टोलीबीच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४–४ खेल जितेका छन् ।

राजस्थानले लखनउ सुपर जाइन्ट्सलाई पराजित गर्दै सिजनको सुरुवात गरेको थियो । दोस्रो खेलमा दिल्ली क्यापिटल्स लाई १२ रनले पराजित गरेको थियो भने तेस्रो खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स लाई ६ विकेटले पराजित गरेको थियो ।

मध्यक्रमका ब्याट्सम्यान रियान पराग यस सिजन टोलीका सर्वाधिक स्कोरर र लिगको दोस्रो सर्वाधिक स्कोरर हुन् । उनीभन्दा अगाडि विराट कोहली (२०३ रन) छन् । परागले ३ खेलमा १८१ रन बनाएका छन् । जसमा दुई अर्धशतक पनि रहेको छ । दिल्लीविरुद्ध ८४ रनको अविजित इनिङका लागि उनी प्लेयर अफ द म्याच पनि घोषित भए । टोलीका लागि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक (६ विकेट) लिएका छन् ।

अर्कोतर्फ यस सिजन बैंगलोरको खराब लय जारी छ । टोलीले चारमध्ये एक खेल मात्र जित्न सकेको छ । आरसीबी पहिलो खेलमा चेन्नईसँग पराजित भएको थियो । दोस्रो खेलमा बैंगलोरले पञ्जाबलाई पराजित गरेको थियो । टोलीले तेस्रो खेलमा कोलकाता र चौथो खेलमा लखनउसँग हार बेहोरेको थियो ।

स्टार ब्याट्सम्यान विराट कोहली यो सिजन सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले ४ खेलमा २०३ रन बनाएका छन् । बलिङमा टोलीमा ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् । उनले चार खेलमा चार विकेट लिएका छन् ।

जयपुरको सवाई मानसिंह स्टेडियमको पिच सामान्यतया ब्याट्सम्यान र बलर दुवैका लागि सहयोगी साबित हुन्छ । खेलको प्रारम्भिक ओभरमा फास्ट बलरहरूले सहयोग पाउने अपेक्षा गरिएको छ । यस स्टेडियममा अहिलेसम्म ५४ आईपीएल खेल भइसकेका छन् । पहिले ब्याटिङ गर्ने टोलीले २० खेल जितेका छन् भने पछि ब्याटिङ गर्ने टोलीले ३४ खेल जितेका छन् ।

खेलको दिन जयपुरमा मौसम निकै तातो हुनेछ । शनिबार यहाँको तापक्रम २३ देखि ३६ डिग्री सेल्सियसको बीचमा रहनेछ । वर्षाको सम्भावना बिल्कुलै छैन ।