१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

अमेरिकी हुलाक सेवामार्फत पठाइएका बच्चाहरूको कथा

अमेरिकी हुलाक सेवामार्फत पठाइएका बच्चाहरूको कथा
अ अ+ अ-

तपाईंलाई पत्याउन गाह्रो होला, छ वर्षको छोटो अवधिका लागि अमेरिकी हुलाक सेवामार्फत सानो बच्चालाई मेल गरिन्थ्यो । हो तपाईंले सही सुन्नुभयो, संयुक्त राज्य अमेरिकामा कानूनीरुपमै बच्चालाई मेल गर्न सकिन्थ्यो ।

सन् १९१३ मा अमेरिकाको हुलाक सेवाले पार्सल पोस्टको सुरुआत गर्यो । त्यसअघि मेलबाट पठाइएका सबै प्याकेजहरूको तौल चार पाउण्ड (१.८ किलोग्राम) वा सोभन्दा कम हुन्थ्यो। पार्सल सेवा सुरु भएपछि मानिसहरूले त्यसपछि ५० पाउन्ड (२३ किलोग्राम) भन्दा कम चीजहरू पठाउन सक्ने भए।

तर लगभग तुरुन्तै केही आमाबाबुले मेलमार्फत आफ्ना छोराछोरी पठाउने प्रयास गर्दा यसले केही अनपेक्षित परिणामहरू निकाले। नेसनल हुलाक सङ्ग्रहालयको इतिहासकार न्यान्सी पोपका अनुसार सन् १९१३ मा ओहायोको ग्लेन एस्टेका मिस्टर र श्रीमती जेसी ब्युजले आफ्नो १० पाउण्ड वजनको शिशु छोरालाई आफ्नो हजुरआमाको घरमा पठाउँदा सन् १९१३ मा पहिलो पटक मेल गरिएको बच्चाको पहिचान भएको थियो। भवितव्य पर्ने स्थितिमा उनीहरुले हुलाक खर्च १५ सेन्ट र बीमाका लागि ५० डलर तिर्नुपरेको थियो ।

हजुरआमा ब्यूजले उनको पत्र मेलबक्समा वा पत्र स्लटमार्फत प्राप्त गरेको अभिलेखहरूले सङ्केत भने गरेको छैन। यो विचित्रको कथाले चाँडै नै अखबारहरुमा सनसनी मच्चायो । साथै अरु केही वर्षसम्म यस्तै प्रकारका कथाहरु आए किनकी अन्य आमाबुबाले यही तरिकालाई पछ्याएका थिए । 

एउटा बच्चाले रेलवे मेल कारमा यात्रा गर्यो: पाँच वर्षीया मे पियर्सटोर्फलाई फेब्रुअरी १९, १९१४ मा उनको हजुरआमालाई भेट्न ग्र्यान्जभिलबाट लुईस्टन, इडाहो पठाइएको थियो। मेको तौल ४८.५ पाउन्ड थियो र उनका आमाबाबुले उनलाई मेलबाट पठाउनु उनको रेल टिकट किन्न भन्दा सस्तो हुनेछ भन्ने ठाने।

आमबुबाले हुलाक– पार्सल पोष्ट स्ट्याम्पहरूमा ५३ सेन्ट  मेको कोटमा हालिदिए । उनी लेविस्टनसम्म रेलको मेल डिब्बामा सवार भइन्।ड्यूटीमा रहेको मेल क्लर्क लियोनार्ड मोचेलले उनलाई व्यक्तिगतरूपमा हजुरआमाको घरमा पुर्याएका थिए।

यी वर्षहरुमा यी कथाहरू समय–समयमा पप अप हुन थाले किनभने आमाबाबुले कहिलेकाहीँ आफ्ना बच्चाहरूलाई मेलमार्फत पठाउने व्यवस्था गर्थे । केही बच्चाहरूलाई धेरै टाढा पठाइएको थियो।

छ वर्षीया एडना नेफलाई पेन्साकोला, फ्लोरिडाबाट उनको बुबा बस्दै आउनुभएको ७२० माइल टाढा क्रिस्चियनबर्ग, भर्जिनिया पठाइएको थियो ।अन्ततः सन् १९१५ मा पोस्टमास्टरले आधिकारिकरूपमा बच्चाहरूलाई अब मेलमार्फत पठाउन सकिँदैन भनी आदेश दिएको भन्दै  वासिङ्टन पोस्ट, न्यूयोर्क टाइम्स र लस एन्जलस टाइम्ससहित धेरै समाचारपत्रले समाचारहरु बनाउन थाले ।

बच्चाहरूलाई पत्र पठाउने अनौठो अभ्यासलाई मेल वाहकहरूको पक्षमा अक्षमता वा लापरवाहीको रूपमा देख्न सकिन्छ । यो ग्रामीण समुदायहरूले स्थानीय हुलाक कर्मचारीहरूमा कति भरोसा र विश्वास गर्छन् भन्ने उदाहरणको रूपमा बढी केन्द्रीय थियो। मेल वाहकहरू विश्वसनीय सेवकहरू थिए। एजेन्सीकाे सहयाेग