• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

अक्शनमा गल्तीले बिक्रि भएका शशांक सिंहले खेल जिताएपछि प्रिती जिन्टा खुसीले उफ्रिइन्



एजेन्सी । आईपीएल २०२४ मा पञ्जाब किंग्सले बिहीबार सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई एक बल बाँकी रहँदा तीन विकेटले पराजित गरेको हो ।

पञ्जाब किंग्सको जितका नायक बनेका अलराउन्डर शशांक सिंहले २९ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित ६१ रन बनाए । उनको इनिङ्सको मद्दतले पञ्जाब किंग्सले २ सय रनको लक्ष्य पार गरेको थियो ।

कुनै समय पञ्जाबको टोलीले ७० रनमा चार विकेट गुमाएको थियो र त्यसपछि लगातार तेस्रो हारको सामना गर्नुपर्ने देखिन्थ्यो ।

तर, शशांक सिंह र आशुतोष शर्माको उद्देश्य अर्कै थियो र दुवैले पञ्जाबलाई रोमाञ्चक जित दिलाए । दर्शन नलकन्देको ओभरको पाँचौं बलमा शशांक सिंहले विजयी रन बनाएपछि पञ्जाब किंग्सका सह–मालिक तथा बलिउड अभिनेत्री प्रीति जिन्टा खुसीले कुर्सीबाट उफ्रिन् र स्ट्यान्डबाट विजयको उत्सव मनाउन थालिन् । प्रीति जिन्टाको यो रमाइलो स्टाइलको भिडियो भाइरल भएको छ ।

गत वर्ष आईपीएलको लिलामीमा शशांक सिंहलाई किन्नेमा केही भ्रम देखिएको थियो । पञ्जाब किंग्सले भूलवश शशांक सिंहलाई आफ्नो क्याम्पमा समावेश गरेको थियो । यसले धेरै चर्चा बटुलेको थियो । तर अब खेलाडीले आफ्नो प्रदर्शनले यसको अन्त्य गरेका छन् । शशांक सिंहले २९ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै अविजित ६१ रन बनाएर टोलीलाई जित दिलाए ।

यो जितसँगै पञ्जाब किंग्सको टोली आईपीएल २०२४ को अंक तालिकामा पाँचौं स्थानमा पुगेको छ । पञ्जाबले चार खेलमा दोस्रो जित दर्ता गरेको छ । गुजरात टाइटन्स चार खेलमा दुई जितसहित अंक तालिकाको छैटौं स्थानमा छ ।