२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्शनमा गल्तीले बिक्रि भएका शशांक सिंहले खेल जिताएपछि प्रिती जिन्टा खुसीले उफ्रिइन्



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मा पञ्जाब किंग्सले बिहीबार सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई एक बल बाँकी रहँदा तीन विकेटले पराजित गरेको हो ।

पञ्जाब किंग्सको जितका नायक बनेका अलराउन्डर शशांक सिंहले २९ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित ६१ रन बनाए । उनको इनिङ्सको मद्दतले पञ्जाब किंग्सले २ सय रनको लक्ष्य पार गरेको थियो ।

कुनै समय पञ्जाबको टोलीले ७० रनमा चार विकेट गुमाएको थियो र त्यसपछि लगातार तेस्रो हारको सामना गर्नुपर्ने देखिन्थ्यो ।

तर, शशांक सिंह र आशुतोष शर्माको उद्देश्य अर्कै थियो र दुवैले पञ्जाबलाई रोमाञ्चक जित दिलाए । दर्शन नलकन्देको ओभरको पाँचौं बलमा शशांक सिंहले विजयी रन बनाएपछि पञ्जाब किंग्सका सह–मालिक तथा बलिउड अभिनेत्री प्रीति जिन्टा खुसीले कुर्सीबाट उफ्रिन् र स्ट्यान्डबाट विजयको उत्सव मनाउन थालिन् । प्रीति जिन्टाको यो रमाइलो स्टाइलको भिडियो भाइरल भएको छ ।

गत वर्ष आईपीएलको लिलामीमा शशांक सिंहलाई किन्नेमा केही भ्रम देखिएको थियो । पञ्जाब किंग्सले भूलवश शशांक सिंहलाई आफ्नो क्याम्पमा समावेश गरेको थियो । यसले धेरै चर्चा बटुलेको थियो । तर अब खेलाडीले आफ्नो प्रदर्शनले यसको अन्त्य गरेका छन् । शशांक सिंहले २९ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै अविजित ६१ रन बनाएर टोलीलाई जित दिलाए ।

यो जितसँगै पञ्जाब किंग्सको टोली आईपीएल २०२४ को अंक तालिकामा पाँचौं स्थानमा पुगेको छ । पञ्जाबले चार खेलमा दोस्रो जित दर्ता गरेको छ । गुजरात टाइटन्स चार खेलमा दुई जितसहित अंक तालिकाको छैटौं स्थानमा छ ।

 

 




भर्खरै