९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेशमन्त्रीलाई कोरोना संक्रमण



अ+ अ-

नयाँदिल्ली । भारतका विदेशमन्त्री एस जयशंकरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।उहाँले बिहीबार पिसिआर परीक्षण गराउनुभएको र उहाँलाई कोरोना भाइरसको संक्रमण भएको भारतीय विदेशमन्त्रालयले जानकारी दिएको छ ।

विदेशमन्त्री जयशंकरले पनि ट्वीट गर्नुभएको छ । सो ट्वीटमा उहाँले आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै केही दिनयता देखि आफ्नो सम्पर्कमा रहेका अरु व्यक्तिहरुलाई पनि कोरोना भाइरसबाट सतर्क रहन आग्रह गर्नुभएको छ ।हाल भारतले पनि कोरोना भाइरसको तेस्रो वेभको सामना गरिरहेको छ । बिहीबारमात्र पनि भारतमा २ लाख ८६ हजार भन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी बिहीबार सार्वजनिक भएको सो तथ्यांकमा गएको २४ घन्टामा मात्र ६७३ जनाको यो संक्रमणबाट निधन भएको पनि बताइएको थियो । केही दिनयता संक्रमण घटेको जस्तो देखिएपनि अहिले भने फेरि यहाँ संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको जनाइएको छ । (रासस/सिन्ह्वा)