२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरोडाले नेपाललाई दियो १५७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल बरोडासँग खेलिरहेको छ ।

बरोडाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको बरोडाले २० ओभरमा ८ विकेट गुमाएर १५६ रन जोड्यो ।

नेपाल लगातार तीन खेलमा जित निकाल्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो ।

बरोडाले भने यसअघिका नेपाल र गुजरातसँगका सबै खेलमा पराजय ब्यहोरेको छ ।