२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल अक्सन: ललित राजवंशी जनकपुरमा, सूर्य तामाङ लुम्बिनीमा



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सुरु भएको छ । अक्सनको सुरुमा फास्ट बलर रिजन ढकाल बिक्री भए । उनलाई चितवन राइनोजले १० लाखमा खरिद गरेको हो ।

यस्तै, लुम्बिनी लायन्सले गोलाप्रथाबाट आशुतोष घिरैयालाई १० लाख रुपैयाँमा खरिद गरेको भने सुदूरपश्चिम रोयल्सले स्थानीय खेलाडी भोजराज भट्टलाई ४ लाख ५० हजार रुपैयाँमा किनेको छ ।

जनकपुर बोल्ट्सले गोलाप्रथाबाट १५ लाख खर्चेर ललित राजवंशीलाई अनुबन्ध गरेको छ भने गोलाप्रथाबाटै लुम्बिनी लायन्सले सूर्य तामाङलाई १५ लाखमा अनुबन्ध गरेको छ ।

यस्तै, लोकेश बमलाई गोलाप्रथामा विराटनगर किंग्सले १५ लाख रुपैयाँमा किनेको छ भने सुबास भण्डारीलाई २ लाख ५० हजारमा खरिद गरेको छ ।

विपिन रावललाई चितवन राइनोजले ८ लाख रुपैयाँ खर्चेर किनेको छ भने नरेन भट्टलाई विराटनगर किंग्सले २ लाख खर्चेर आफ्नो टोलीमा सामेल गरेको छ ।