२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री बन्दै



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री बन्दैछन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री चौधरीले इमेलबाट प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा दिएका थिए । योसँगै नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो ।

लुम्बिनीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्तीमा दाबी पेश गर्दैछन् । उनलाई एमाले, माओवादी केन्दू, जसपा, एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर संकलन भएको छ । नागरिक उन्मुक्ति पार्टीका चार जनाको हस्ताक्षर थपिने सम्भावना छ ।

प्रदेश प्रमुखकोे सचिवालयले आज मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया अघि बढाएको जनाएको छ । मुख्यमन्त्रीमा दाबी आइसकेकाले सम्भवत: आजै महरालाई नियुक्त हुने छन् ।

माओवादी नेता महराको पक्षमा एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र एक जना स्वतनत्र गरी ४४ सदस्यको समर्थन जुटेको छ । त्यसमा साना दलबाट संखया थपिँदै जाने माओवादीले अपेक्षा गरेको छ ।