२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

माओवादीका जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री बन्दै

माओवादीका जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री बन्दै
अ अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री बन्दैछन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री चौधरीले इमेलबाट प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा दिएका थिए । योसँगै नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो ।

लुम्बिनीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्तीमा दाबी पेश गर्दैछन् । उनलाई एमाले, माओवादी केन्दू, जसपा, एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर संकलन भएको छ । नागरिक उन्मुक्ति पार्टीका चार जनाको हस्ताक्षर थपिने सम्भावना छ ।

प्रदेश प्रमुखकोे सचिवालयले आज मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया अघि बढाएको जनाएको छ । मुख्यमन्त्रीमा दाबी आइसकेकाले सम्भवत: आजै महरालाई नियुक्त हुने छन् ।

माओवादी नेता महराको पक्षमा एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र एक जना स्वतनत्र गरी ४४ सदस्यको समर्थन जुटेको छ । त्यसमा साना दलबाट संखया थपिँदै जाने माओवादीले अपेक्षा गरेको छ ।