२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

भारतको सहयोगमा खोटाङमा विद्यालय भवन र छात्रवास निर्माण

भारतको सहयोगमा खोटाङमा विद्यालय भवन र छात्रवास निर्माण
अ अ+ अ-

खोटाङ । नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा निर्मित खोटाङको रावा बेँसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवनको उद्घाटन गरिएको छ ।

तीन करोड ६१ लाख ९५ हजार आर्थिक सहयोगमा निर्मित २० कोठा भएको दुईतले भवन र २२ कोठा भएको दुईतले छात्रावासको आज जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, रावा बेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो । भारत सरकारको अनुदान सहयोगमा दुई तले विद्यालय भवन र छात्रावास भवनको निर्माण तथा दुवै भवनका लागि आवश्यक फर्निचर खरिद गरिएको हो ।

उक्त परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । चार सय ८८ परियोजना सम्पन्न भइसकेका छन् । भारत र नेपालबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य जारी छ ।

आव २०६६/६७ मा निमार्ण सुरु गरिएको विद्यालय भवन र छात्रावास २०७२ सालमा निर्माण सम्पन्न भएका हुन् । निर्माण सम्पन्न भएर सञ्चालनमा आएको आठ वर्षपछि भारतीय दूतावासले औपचारिकरुपमा विद्यालयलाई भवन र छात्रावास हस्तान्तरण गरेको हो । विद्यालय भवन र छात्रावास सञ्चालनमा आएसँगै विद्यालयको पठनपाठनमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक गोपाल बस्नेतले बताउनुभयो । “भवन अभाव हुँदा पठनपाठन सञ्चालन गर्न असहज थियो”, उहाँले भन्नुभयो ।

तत्कालीन नमूना विद्याधामको पुरानो भवनमा पठनपाठन हुँदै आएको शारदा माध्यमिक विद्यालय भवन २०७२ सालको भूकम्पले जीर्ण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलाराज बस्नेतले बताउनुभयो । भवन हस्तान्तरण कार्यक्रममा प्रथम सचिव शेखरले विद्यार्थीले व्यवस्थित र सहजरूपमा पठनपाठन गरेर गुणस्तरीय शिक्षा पाउने कुरामा आफू आशावादी रहेको बताउनुभयो । दूतावासले कोशी प्रदेशमा मात्र ८५  विद्यालयलाई सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले शैक्षिक क्षेत्रको विकासमा भारतीय दूतावासको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । कक्षा–१२ सम्म पठनपाठन गरिँँदै आएको शारदा माध्यमिक विद्यालयमा चार सय ६० विद्यार्थी अध्ययनरत छन् । विसं २००९ मा  स्थापना भएको विद्यालय तत्कालीन नमूना विद्याधामको पुरानो भवनमा सञ्चालन हुँदै आएको थियो । विद्यालयमा २०२८ सालदेखि माध्यमिक तहको कक्षा सञ्चालन भएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा  स्वर्गीय अम्बरविनोद पोखरेलको छोरीहरु विमला र गीता पोखरेलले बुबाको स्मृतिमा रु ६० हजार रकम विद्यालयलाई उपलब्ध गराउनुभयो ।