• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

प्रिमियर लिगः फेरि शीर्षस्थानमा फर्कियो लिभरपुल



काठमाडौँ । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको अंकतालिकाको शीर्षस्थानमा फर्किएको छ ।

गएराति भएको खेलमा शेफिल्ड युनाइटेडमाथि ३–१ गोलको जित निकाल्दै लिभरपुल शीर्षस्थानमा उक्लिएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डार्विन नुनेज, एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे । लिभरपुलकै कोनोर बार्डलीले आत्मघाती गोल गरेका थिए ।

जितसँगै लिभरपुलको ३० खेलबाट ७० अंक भएको छ । आर्सनल ६८ र म्यान्चेस्टर सिटी ६७ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । शेफिल्ड १५ अंकसहित तालिकाको पुछारमा छ ।