२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित, २०० रनको लक्ष्य पछ्यायो

गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित, २०० रनको लक्ष्य पछ्यायो
अ अ+ अ-

काठमाडौँ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको आईपीएल २०२४ को खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई तीन विकेटले पराजित गरेको छ ।

आईपीएलको चालू सिजनमा पञ्जाबको चार खेलमा यो दोस्रो जित हो । पञ्जाबले यसअघि दुई खेलमा हार बेहोरेको थियो, तर टोलीले प्रतिकूल परिस्थितिलाई जित्दै गुजरातलाई उसकै घरेलु मैदानमा पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको गुजरातले कप्तान शुभमन गिलको ४८ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै अविजित ८९ रनको मद्दतमा चार विकेट गुमाएर १९९ रन बनाएको थियो । लक्ष्य पछ्याउँदा पञ्जाब किंग्सको सुरुवात राम्रो हुन सकेन तर इम्प्याक्ट सबका रूपमा मैदानमा उत्रेका शशांक र आशुतोष शर्माले टोलीलाई खेलमा फर्काए ।

यी दुई ब्याट्सम्यानको मद्दतमा पञ्जाबले एक बल बाँकी रहँदा ७ विकेटमा २०० रन बनाएर जित दर्ता गरायो । योसँगै पञ्जाबले यो सिजनको सबैभन्दा ठूलो स्कोर पछ्यायो ।

ठूलो लक्ष्य पछ्याएको पञ्जाबको सुरुवात निकै खराब रह्यो । फास्ट बलर उमेश यादवले आफ्नो पहिलो ओभरको पहिलो बलमा कप्तान शिखर धवनलाई बोल्ड गरे । धवन एक रन बनाएर आउट भए ।

त्यसपछि पञ्जाबको इनिङ्सलाई जोनी बेयरस्टो र प्रभसिमरन सिंहले सम्हालेका थिए तर स्पिनर नूर अहमदले १३ बलमा चार चौकाको मद्दतले २२ रन बनाएर आउट भएका बेयरस्टोलाई पहिले बोल्ड गरे ।

त्यसपछि नूरले मोहित शर्माको हातमा प्रभसिमरन सिंहलाई आउट गरे । प्रभसिमरन २४ बलमा ३५ रन बनाएर तेस्रो ब्याट्सम्यानको रुपमा प्याभिलियन फर्किए । यहाँबाट पञ्जाबको इनिङ्स खस्कियो र त्यसपछि अजमातुल्लाहले साम करनलाई मात्र ५ रनको स्कोरमा प्याभिलियन पठाए । बाँकी काम मोहित शर्माले सिकन्दर रजालाई आउट गरेर पूरा गरे ।

पञ्जाबको अवस्था एक समय निकै खराब देखिएको थियो र टोलीका आधा ब्याट्सम्यान ११५ रनमा प्याभेलियन फर्किएका थिए । यसपछि जितेश शर्माले हात खोलेर दुई छक्का प्रहार गरे तर उनलाई रासिद खानले चाँडै प्याभिलियनको बाटो देखाए ।

त्यसपछि प्रभावशाली खेलाडीको रुपमा मैदानमा आएका शशांक र आशुतोष शर्माले आफ्नो जादु देखाए । दुवै ब्याट्सम्यानले गुजरातका बलरलाई पिरोले । यी दुई ब्याट्सम्यानबीच सातौं विकेटका लागि ४३ रनको साझेदारी भएको थियो ।

अन्तिम ओभरको रोमाञ्चकता
पञ्जाबलाई अन्तिम ओभरमा जितका लागि सात रन आवश्यक थियो र तीन विकेट बाँकी थियो । गुजरातका लागि नलकन्दे बलिङ गर्न आएका थिए । उनले आशुतोषलाई पहिलो बलमा रासिदको हातमा क्याच आउट गराएर प्याभिलियन पठाए ।

यसको अर्को बल वाइड घोषित भयो । नयाँ ब्याट्सम्यानको रुपमा आएका हरप्रीत ब्रारले अर्को बलमा स्कोर गर्न सकेनन् र तेस्रो बलमा रन लिए । अब पञ्जाबलाई तीन बलमा पाँच रन चाहिएको थियो । चौथो बलमा शशांकले चौका प्रहार गरे र स्कोर बराबरी भयो । लेग बाई मार्फत पाँचौं बलमा रन बन्यो र पञ्जाबले रोमाञ्चक जित दर्ता गर्‍यो ।

यसअघि गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै ८९ रनको अविजित इनिङ खेले । गिलले आईपीएलको यो सिजनको पहिलो अर्धशतक बनाएका छन् । यो गिलको करियरको १९ औं अर्धशतक हो । गिलले सन् २०१९ देखि पञ्जाबविरुद्ध ९ इनिङ्समा ६ अर्धशतक बनाएका छन् ।

गिलले शतक गुमाए पनि आफ्नो प्रदर्शनले टोलीलाई बचाए । गिलको यही इनिङ्सका आधारमा गुजरातले पञ्जाबलाई २ सय रनको लक्ष्य दिएको थियो । गिल यो सिजन सर्वाधिक व्यक्तिगत स्कोर गर्ने खेलाडी बनेका छन् ।

पञ्जाब किंग्ससँगको खेलमा ऋद्धिमान साहाको रुपमा गुजरात टाइटन्सलाई पहिलो झटका लागेको थियो । साहा १३ बलमा ११ रन बनाएर आउट भए । साहालाई फास्ट बलर कागिसो रबाडाले आफ्नो शिकार बनाए ।

आईपीएलको पछिल्लो पाँच इनिङ्समा रबाडाले साहालाई आफ्नो शिकार बनाएको यो चौथो पटक हो । पञ्जाब किंग्सविरुद्धको पहिलो झट्काको सामना गर्दै गुजरात टाइटन्सका कप्तान शुभमन गिल र केन विलियम्सनले इनिङ्सको जिम्मा लिए ।

पावरप्लेको अन्त्यसम्म गिल र विलियम्सनले अर्को विकेट खस्न दिएनन् । तर, पञ्जाब किंग्सले दोस्रो सफलता हरप्रीत ब्रारले पाए र केन विलियम्सनलाई आउट गरे । यो सिजन आफ्नो पहिलो खेल खेलेका विलियम्सनले २२ बलमा चार चौकाको मद्दतले २६ रन बनाए ।

दुई झट्कापछि गुजरात टाइटन्सको इनिङ्सलाई शुभमन गिल र साई सुदर्शनले सम्हालेका थिए । १२ औं ओभर बलिङ गर्न आएका सिकन्दर रजाको ओभरमा सुदर्शनले तीन चौका प्रहार गरे । सुदर्शन आइपुग्ने बित्तिकै चौकाको वर्षा भयो । तर, हर्षल पटेलले सुदर्शनलाई विकेटको पछाडि क्याच आउट गराए ।

सुदर्शनले १९ बलमा ३३ रनको पारीमा ६ चौका प्रहार गरे । चाखलाग्दो कुरा यो थियो कि सुदर्शनलाई अम्पायरले आउट घोषित गरेनन् तर सुदर्शनले खेलकुद देखाउँदै प्याभिलियनबाट बाहिर निस्कनु उपयुक्त ठाने ।

हर्षलको बललाई सुदर्शनले पुल गर्ने प्रयास गरे जसलाई विकेटकिपर जितेश शर्माले क्याच दिए । हर्षलले अपील गरे तर अम्पायरले नटआउट घोषित गरे तर बल ब्याटको छेउमा विकेटकिपरमा पुगेको सुदर्शनलाई थाहा थियो । त्यसैले उनी आफै पेभिलियन तर्फ लागे ।

आजको खेलः सनराइजर्स हैदराबाद भर्सेस चेन्नई सुपर किंग्स – बेलुका ७ः४५ बजे