१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

सार्वजनिक खरिद ऐन,२०६३ को दोस्रो संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन निर्माण व्यवसायीको माग

सार्वजनिक खरिद ऐन,२०६३ को दोस्रो संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन निर्माण व्यवसायीको माग
अ अ+ अ-

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन माग गरेको छ ।

बिहीवार पत्रकार सम्मेलनमार्फत ३० बँुदे मकवानपुर घोषणापत्र सार्वजनिक गर्दै महासंघले सरकारसँग सार्वजनिक खरिद ऐन,२०६३ को दोस्रो संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन माग गरेको हो । महासंघले उक्त ऐनमा लागत अनुमानको १५ प्रतिशतभन्दा बढी घट्ने बोलपत्रदाताले थप कार्य सम्पादन जमानत राख्नुपर्ने हालको व्यवस्था खारेज गर्न पनि माग गरेको छ । महासंघले निर्माण कार्यको ठेक्का तोडपछि सम्पूर्ण कार्य सम्पादन जमानत जफत गरी कालोसूचीमा राखेपछि पनि रकम असुली गर्ने प्रावधान खारेज गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले निर्माण कार्यमा १५ प्रतिशत भन्दा बढी घटी जान नपाउने व्यवस्था गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले निर्माण व्यवस्था ऐन २०५५ को पहिलो संशोधनको मस्यौदामा भएको समयानुकुल हुनेगरी इजाजत–पत्र नविकरण गर्र्ने अवधि,निर्माण कम्पनीहरु मर्जर हुने व्यवस्था गरिदिनुपर्ने बताउनु भयो । उहाँले बोलपत्रको सिलिङ रकम वर्गको आधारमा भाग लिन पाउने व्यवस्था गरी वर्ग कामय गर्न पनि सरकारसँग माग गर्ने बताउनु भयो । महासचिव दाहालले सार्वजनिक खरिद १३ औं नियमावली संशोधनमा केही समस्या समाधान गरेतापनि मूल्य समायोजन,भुक्तानी समस्या,सुबिस्ताको आधारमा ठेक्का अन्त्य,बीमा प्रिमियम दरमा भएको वृद्धि,कर समस्या लगायतका भएको समहमति तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको उल्लेख गर्नुभयो ।

महासंघका अध्यक्ष रवि सिंहले म्याद भएका आयोजनाको २० अर्ब गरी ६० अर्ब रुपैयाँ निर्माण व्यवसायीहरुलाई राज्यले भुक्तानी दिनसक्दा मात्रै अर्थतन्त्र चलायमान हुनसक्ने बताउनु भयो । उहाँले लगानी सम्मेलन भन्दा पहिला नै निर्माण व्यवसायीहरुको भुक्तानी समस्या समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले चैत मसान्तभित्रै निर्माण व्यवसायीहरुको बाँकी रकम भुक्तानी हुने विश्वास रहेको बताउनु भयो । उहाँले चैतमा भुक्तानी दिन नसकेको रकम वैशाख पहिलो हप्ताभित्रै प्राप्त गर्ने आशा रहेको बताउनु भयो । उहाँले निर्माण क्षेत्र लामो समयदेखि समस्यामा रहेकाले निर्माण कार्यहरु ठप्प जस्तै रहेको बताउनु भयो । अध्यक्ष सिंहले सरकारले समयमा भुक्तानी नगर्दा लगायत अन्य सार्वजनिक खरिद नियमावली १२ औं संशोधनले निम्त्याएका समस्याले आयोजनाले बील बनाएपछि ३० दिनमा दिन प्रचलन अनुरुप निर्माण व्यवसायीहरुले काटेको चेक बाउन्स हुँदा कालोसूचिमा परेको बताउनु भयो । अध्यक्ष सिंहले सरकारले निर्माण व्यवसायीहरुको रकम भुक्तानी गरिदिए चालु आर्थिक वर्षमा विकास निर्माणको ७० प्रतिशत काम गर्नसक्ने बताउनु भयो ।

महासंघले मकवानपुर ३० बुँदे घोषणापत्रमा सार्वजनिक खरिद ऐन,निर्माण व्यवसायी ऐन,मुलुकी अपराध संहिता,सार्वजकिन खरिद नियमावली मूल्य अभिवृद्धिकर रकम फिर्ता,करको रकम किस्ता बन्दीमा भुक्तानी गर्नुपर्ने, मिसम्यास,कर समायोजन चेक अनादर,सवारी साधानको नविकरण शुल्क,भन्सार सहुलियत,मूल्य समायोजन,भुक्तानी शान्ति सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ ।