१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् ।

कांग्रेस–माओवादी गठबन्धन हुँदा कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा राजीनामा दिएका हुन् ।

११ महिनाअघि वैशाख १४ गते कांग्रेस संसदीय दलका नेता रहेका चौधरी ८ दलका ५३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

राजीनामा दिदै उनले आफू प्रजातन्त्रवादी रहेकाले सरकारमा आउनु र जानू स्वभाविक भएको बताए । साथै, उनले प्रतिपक्षमा रहेर रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए ।