• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

राजेशपायल राईले गरे पत्नी सङबुङसँग सम्बन्ध विच्छेद



काठमाडौं । गायक राजेशपायल राईले पत्नी सङबुङ राईसँग कानुनी रुपमा सम्बन्ध विच्छेद गरेका छन् ।

चैत १५ गते काठमाडौं जिल्ला अदालतमा न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले उनीहरुको सम्बन्ध विच्छेदको फैसला गरेको हो ।

राजेशपायलले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए । अदालतले उनीहरुको सम्बन्ध बिच्छेद समझदारीबारमा भने खुलाएको छैन ।

राजेशपायल र सङबुङले २०७८ सालमा विवाह दर्ता गरेका थिए । यी दुईबाट दुईवर्षे एक सन्तान पनि रहेको छ ।