२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपाईलाई थाहा छ मोबाइल फोनले निम्त्याउन सक्छ यस्ता स्वास्थ समस्या ? हेर्नुहोस्



अ+ अ-

काठमाडौं । के तपाई मोबाइल फोनको अत्याधिक प्रयोग गर्नुहुन्छ ? राति सुत्दा मोबाइल फोन साथमा राखेर सुत्नु हुन्छ ? त्यसले बिभिन्न प्रकारका नकरात्मक असरहरु परि रहेको हुन्छ, के तपाईलाई थाहा छ ? यदि छैन भने जानकार रहनुहोस् मोबाइल फोनबाट निक्लिने बिभिन्न प्रकारका हानिकारक विकिरणहरुले हाम्रो स्वाथ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरी रहेको हुन्छ ।

यस्ता रहेका छन् अत्याधिक प्रयोगबाट हुनसक्ने खतारहरुः
१) मोबाइल फोनको रेडिएसनबाट आउने खतरा मध्ये सबै भन्दा ठूलो चिन्ता क्यान्सर हो। यदि तपाई आफ्नो मोबाइल फोनलाई पूरा दिन आफ्नो खल्तीमा राख्नुहुन्छ वा शरीरको सम्पर्कमा राख्नुहुन्छ भने सम्बन्धित स्थानमा ट्यूमर हुन सक्दछ र तपाईलाई क्यान्सर लाग्ने सम्भावना हुन सक्छ ।

२) आजकल युवा पिडीहरु डिप्रेसनकको सिकार हुदैँ गरेका छन् । यसलाई मोबाइल फोनबाट निक्लिने हानिकारण विकिरणहरुले पनि सहयोग गरि रहेको हुन्छ । अत्याधिक बढी समय मोबाइल फोनको प्रयोगले तपाईलाई थप डिप्रेसन तर्फ धकेलिरहेको हुन्छ ।

३) धेरै जस्तो पुरुषहरुले दिनभर मोबाइल फोनलाई आफ्नो बेल्टको नजिकै बनेको खल्तीमा राख्ने गरेको पाइएको छ। त्यसो गर्दा मोबाइल फोनको इलेक्ट्रोमेगनेटिक विकिरणले हड्डीमा रहेको लिक्युड कम हुदै जाने सम्भावना बढ्दै जान्छ ।

४) राति मोबाइल फोन साथमा राखेर सुत्दा मस्तिष्कमा समेत नकरात्मक असर पर्दछ ।

५) गर्भवती महिलाले मोबाइल फोनको अत्याधिक प्रयोग गर्दा गर्वमा रहेको शिशुको मानसीक विकासमा प्रभाव परि रहेका हुन्छ ।

६) मोबाइल फोन लामो समय सम्म हेरिरहदा भविष्यमा आखाँमा समेत असर पर्ने गरेको पाईएको छ ।  एजेन्सीको सहयोगमा