४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विवाहको किस्सा सुनाउदै माहिराले भनिन्– मेरो विवाहमा डीजे, वेटरसहित सबै रोएका थिए

विवाहको किस्सा सुनाउदै माहिराले भनिन्– मेरो विवाहमा डीजे, वेटरसहित सबै रोएका थिए
अ+ अ-

एजेन्सी । पाकिस्तानी अभिनेत्री माहिरा खानले आफ्नो विवाहसँग जोडिएको एउटा रोचक घटना सुनाएकी छिन् । उनले एक अन्तर्वार्तामा आफ्नो विवाहमा डीजे, वेटरसहित सबै रोएका बताईन् ।

उनले भनिन्– ‘मेरो बिहेमा डीजे र वेटरसहित सबै रोइरहेका थिए । समारोहमा कोही पनि यस्तो व्यक्ति थिएन जसको आँखा नसाएका हुन् । सबै रोइरहेका थिए । म वेटर र अरू सबैलाई देखेर एकदमै स्तब्ध भएँ, के भइरहेको छ भनेर सोचें।’

माहिरा खानले आफ्नो लामो समयदेखिका प्रेमी सलीम करिमसँग अक्टोबर १, २०२३ मा विवाह गरेकी थिईन् । माहिराको यो दोस्रो विवाह हो । उनीहरुले पाकिस्तानको बुर्बान सहरस्थित पर्ल कन्टिनेन्टल होटलमा विवाह गरेका थिए ।

माहिराको विवाहमा १४ वर्षका छोरा पनि उनीसँगै थिए । माहिराको पहिलो विवाह सन् २००७ मा भएको थियो । उनको सम्बन्धविच्छेद सन् २०१५ मा भएको थियो ।

सलीम करिमसँग विवाहपछि माहिरा खान गर्भवती भएको खबर बाहिर आएको थियो । तर, माहिराले यी खबरलाई अस्वीकार गर्दै भनिन्– ‘ओह, म गर्भवती छैन । यो कुनै अनौठो कुरा होइन तर अहिले यो हल्ला मात्र हो । मलाई थाहा छैन यी चीजहरू कहाँबाट आयो। मेरो तौल बढेको कारणले होला ।’

माहिरा सन् २०१७ मा शाहरुख खानसँग फिल्म ‘रईस’ मा देखिएकी थिइन् । यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो ।