• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

विवाहको किस्सा सुनाउदै माहिराले भनिन्– मेरो विवाहमा डीजे, वेटरसहित सबै रोएका थिए



एजेन्सी । पाकिस्तानी अभिनेत्री माहिरा खानले आफ्नो विवाहसँग जोडिएको एउटा रोचक घटना सुनाएकी छिन् । उनले एक अन्तर्वार्तामा आफ्नो विवाहमा डीजे, वेटरसहित सबै रोएका बताईन् ।

उनले भनिन्– ‘मेरो बिहेमा डीजे र वेटरसहित सबै रोइरहेका थिए । समारोहमा कोही पनि यस्तो व्यक्ति थिएन जसको आँखा नसाएका हुन् । सबै रोइरहेका थिए । म वेटर र अरू सबैलाई देखेर एकदमै स्तब्ध भएँ, के भइरहेको छ भनेर सोचें।’

माहिरा खानले आफ्नो लामो समयदेखिका प्रेमी सलीम करिमसँग अक्टोबर १, २०२३ मा विवाह गरेकी थिईन् । माहिराको यो दोस्रो विवाह हो । उनीहरुले पाकिस्तानको बुर्बान सहरस्थित पर्ल कन्टिनेन्टल होटलमा विवाह गरेका थिए ।

माहिराको विवाहमा १४ वर्षका छोरा पनि उनीसँगै थिए । माहिराको पहिलो विवाह सन् २००७ मा भएको थियो । उनको सम्बन्धविच्छेद सन् २०१५ मा भएको थियो ।

सलीम करिमसँग विवाहपछि माहिरा खान गर्भवती भएको खबर बाहिर आएको थियो । तर, माहिराले यी खबरलाई अस्वीकार गर्दै भनिन्– ‘ओह, म गर्भवती छैन । यो कुनै अनौठो कुरा होइन तर अहिले यो हल्ला मात्र हो । मलाई थाहा छैन यी चीजहरू कहाँबाट आयो। मेरो तौल बढेको कारणले होला ।’

माहिरा सन् २०१७ मा शाहरुख खानसँग फिल्म ‘रईस’ मा देखिएकी थिइन् । यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो ।