• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

वाइडबडी जहाज खरिद प्रकरण: पूर्वमन्त्री जीवन शाहीसहित ३२ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको दाबीगर्दै तत्कालीन मन्त्री जीवनबहादुर शाही र नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारसहित ३२ जना भन्दा बढीलाई विपक्षी बनाएर आज बिशेष अदालतलमा मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्वमन्त्री शाहीसहित पूर्वसचिव शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि प्रतिवादी बनाएको छ ।

कर्णालीका पूर्वमुख्यमन्त्री शाही हाल नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता हुनुहुन्छ । प्रतिवादी शिशिर ढुंगाना पूर्व अर्थसचिव हुनुहुन्छ । उहाँ तत्कालीन समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहेका बेला वाइडबडी जहाज खरिदमा समझदारीपत्र स्वीकृत गर्न गठित समितिका संयोजक हुनुहुन्थ्यो ।

त्यसैगरी बुद्धिसागर लामिछाने पर्यटन मन्त्रालयका सहसचिव हुन । त्यसबेला पनि सहसचिव नै थिए । अन्य प्रतिवादीहरू टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी त्यसबेला नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य थिए ।

पहाडी निगमको इन्जिनियरिङ निर्देशकबाट अवकास प्राप्त हुन् । त्यसैगरी सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौला त्यसबेला सरकारका तर्फबाट निगम सञ्चालनक समितिमा प्रतिनिधित्व गर्ने सदस्य थिए ।

उहाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला निगमको २ वटा वाइडबडी जहाज खरिद गर्ने निर्णय भएको थियो । २०७४ वैशाखमा मन्त्रिपरिषद् बैठकमा निर्णय भएर विमान खरिद भएकोमा ३ अर्ब बढी भ्रष्टाचार भएको आरोप लागेको थियो । त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो ।

अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।