• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई एक हप्ताभित्र टुंगोमा पुर्‍याउनुपर्छ: मन्त्री गिरी



file photo

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ता भित्रमा टुंगोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलको क्रममा बोल्दै मन्त्री गिरीले सो विधेयकलाई एक हप्ताभित्र टुंगोमा पुर्‍याउनुपर्ने बताउनुभएको हो ।

उहाँले संसदको हिउँदे अधिवेशनको समय धेरै बाँकी नरहेको भन्दै चालु हिउँदे अधिवेशनमै समितिले विधेयकलाई पारित गरेर संसदमा पठाउनुपर्ने बताउनु भयो । उहाँले एक हप्ताभित्र पारित गर्नेगरी तिब्रताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । चालु अधिवेशनमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पुर्‍याउन सके राम्रो उपलब्धि हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘मैले यसभन्दा अगाडीको बैठकमा पनि माननीयज्यूहरुलाई आग्रह गरेको थिएँ, संसदको यो हिउँदे अधिवेशनको धेरै समयावधि सायद छैन । यसबिचमा हामीले कम्तिमा पनि यो केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंग्याएर ऐनको रुपमा अगाडी बढाउनको निम्ति सक्यौँ भने राम्रो उपलब्धि हुनसक्छ भन्ने लागेको छ । हामीसँग धेरै समय छैन । जसले गर्दाखेरी हामी तिब्रताका साथ काम गर्नुपर्ने छ र आउँने एक हप्ताभित्र यसलाई टुंगोमा पुर्‍याउनुपर्ने छ र संसदमा प्रतिवेदन बुझाउने स्थितिमा हामी जान सक्यौँ भने राम्रो उपलब्धि हुन्थ्यो भन्ने मलाई लाग्छ ।’

उहाँले छलफलका क्रममा सांसदहरुले राखेको सुझावहरुको सन्दर्भमा मन्त्रालयमा छलफल गरेर धारणा तय गर्ने बताउनु भयो । विधेयकको सम्बन्धमा बाँकी रहेका छलफलहरुमा सम्बन्धित मन्त्री बसेर छलफल अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो ।