२८ श्रावण २०८३, बिहीबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली ‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’ आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन सम्पादक किशोर श्रेष्ठको निवास र जनआस्थाको कार्यालयमा प्रहरीको छापा विद्युत् उत्पादनसँगै प्रसारण र वितरण पूर्वाधारको सन्तुलित विकास आवश्यक : मन्त्री श्रेष्ठ रोल्पामा पहिरोले घर / गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन… संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’ सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना राष्ट्रियसभाको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना, स्लो ओभर रेटका लागि २४ लाख जरिवाना



अ+ अ-

एजेन्सी । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा पनि जरिवाना गरिएको छ ।

उनी कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध स्लो ओभर रेटका लागि दोषी ठहर भएका थिए। यसका लागि उनलाई २४ लाख रुपैयाँ जरिवाना गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) ले बिहीबार जानकारी दिएको छ ।

पन्त बाहेक प्लेइङ–११ मा रहेका दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयर समेतका खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ ।

यसअघि चेन्नई सुपर किंग्सविरुद्ध पनि पन्तलाई स्लो ओभर रेटका कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

टोलीले तेस्रो पटक गल्ती गरेमा कप्तानलाई ३० लाख जरिवाना र एक खेलको प्रतिबन्ध लगाइनेछ । टोलीका अन्य सदस्यलाई म्याच शुल्कको ५० प्रतिशत जरिवाना हुनेछ ।

विशाखापट्टनमको डा वाईएस राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो। जवाफी इनिङ्समा दिल्लीको टोली १७.२ ओभरमा १६६ रनमा अलआउट भयो।