५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदानमा कृषकलाई गोलासहितको मौरीघार



अ+ अ-

त्रिवेणी । कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो ।

जिल्लाका त्रिवेणी, सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको कृषि विकास कार्यालय रुकुमपश्चिमका प्राविधिक सहायक महेश चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक कृषकलाई एक/एक वटाका दरले गोलासहितको मौरी घार वितरण गरिएको हो ।

साथै टोपी, कुइँगेट र पञ्जा ७०/७० वटा वितरण गरिएको छ । कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषकलाई मौरी घारसहित अन्य सामग्री वितरण गरिएको प्राविधिक सहायक चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार गोलासहितको घारलाई रु नौ हजार परेकामा चार हजार पाँच सय अर्थात् ५० प्रतिशत कृषकको लगानी रहेको छ ।

आठबिसकोट नगरपालिका–११ डाँडागाउँबाट गोलासहितको मौरी घार ल्याएर कृषकलाई वितरण गर्न लागिएको हो । बाँकी छुटेका ४० जना कृषकलाई केही दिनमा सल्यानबाट मौरी घार ल्याएर वितरण गरिने प्राविधिक सहायक चन्दले बताउनुभयो । अनुदानमा कृषकलाई मौरी घार वितरण गर्न कृषि विकास कार्यालयले पाँच लाख बजेट विजियोजन गरेको जनाएको छ । रासस