• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

पाटनको प्रसिद्ध बंगलामुखी मन्दिर, बिहीबार दर्शनार्थीको भीड



काठमाडौं । ललितपुर जिल्लाको महत्वपूर्ण शक्तिपीठ हो– बंगलामुखी मन्दिर । प्रायः दैनिक जसो भक्तजन दर्शनका लागि बंगलामुखी पुग्ने गरे पनि बिहीबारका दिन भने ठूलो घुइँचो लाग्छ । पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बंगलामुखी मन्दिर, कुम्भेश्वर महादेव मन्दिर (सर्वेश्वर मृत्युञ्जय महादेव पनि भनिन्छ) परिसरमा छ ।

यो मन्दिरमा दैनिक नित्य पूजा आराधना हुन्छ । तन्त्रशास्त्र अनुसारका दस महाविद्या मध्ये बंगलामुखी पनि एक हो । बृहस्पतीको स्वामी भएकाले वृहस्पतीको ग्रह पीडा पाउने उद्देश्यले बिहीबार दर्शन गर्ने गरिन्छ । बिहीबार विशेष भीड हुने बंगलामुखीको दर्शनबाट मनोकांक्षा सिद्धि हुने विश्वास गरिन्छ । बंगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो । त्यसकारण माता बंगलामुखीलाई श्री भगवान सरहकै शक्तिको रूपमा पूजा गर्ने गरिन्छ ।

जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आँधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुर्दशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती भएको मानिन्छ । बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ । शत्रु संहार गर्न बंगलामुखीको आराधनाबाट शीघ्र फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । बंगलामुखी माता दक्षिण दिशा तर्फ विराजमान रही छन् । तन्त्र साधना गने, शत्रुलाई भ्रमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ ।

देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ । धेरै ठाउँमा बंगलामुखीको अस्त्र तलबार भन्ने भनिएता पनि बंगलामुखीको वास्तविक हतियार मुग्रो वा सानो गदा नै हो । जो व्यक्तिले कुलपुजा एवं पितृकार्यहरू सम्पादित गर्न सक्दैन्न उनीहरूले बंगलामुखीको आराधना गर्छन् । पितृ र कुललाई सञ्चालन गर्ने बृहस्पती भनिन्छ र बंगलामुखी माता बृहस्पतीको स्वामी भएको हुँदा कुल दोष एवं पितृ दोष लाग्दा बंगलामुखीको शरणमा जाने चलन छ ।