१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग उपसभामुखको आह्वान

नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग उपसभामुखको आह्वान
अ अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग आह्वान गर्नुभएको छ ।

बुधवार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले निजी क्षेत्रले नेपालमा कमाएर विदेशमा लगानी गर्ने भन्दा मेरो देश आफैँ बनाउँछु भन्ने नारासहित नेपालमै लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपाली खानेकुराहरुलाई ब्राण्डिङ गरी विश्वमा पुर्‍याउनसके नेपाली युवाहरुलाई धेरै भन्दा धेरै रोजगारी दिन सकिने बताउनु भयो । उहाँले होटल तथा रेष्टुरेण्टहरुमा बढी भन्दा बढी अग्र्यानिक खानेकुराको प्रयोग गर्न आग्रह गर्नुभयो । उपसभामुख रानाले निजी क्षेत्रको काम गराइले सरकार पनि बाध्य भएर देश विकासका लागि काम गर्ने हुटहुटी हुनेगरी निजी क्षेत्र देश विकासमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युवाहरुलाई हामीले नेपाली फुडहरु यहीँ आफैँले गरेर रेष्टुरेण्टक्रै छेउमा फलाएर, देखाएर हामीले अग्र्यानिक प्रयोग गरेका छौँ भन्नेतिर लाग्यौँ भने हामी अग्र्यानिकको लागि रिसोसेर्सका लागि हामी धनी छौँ । प्राकृतिक श्रोतको लागि पनि हामी धनी छौँ । वागमतीको गनाइरहेको खोलाहरुलाई बरु हामीले बोरिङ गरेर भएपनि हामीले सुन्दरी जलको पानी कसरी हुन्छ सरकारलाई हुटहुटी लगाएर सरकारसँग सहकार्य गरेर हामी पनि सँगै लाग्छौँ यो देश बनाउन भनेर लाग्नुपर्छ । यहाँ कमाएको पैसा अरु देशमा लगानी गर्ने भन्दा । हामीले हामीसँग भएको श्रोत, साधनको प्रयोग गरी नेपाली उत्पादनहरुलाई ब्राण्डिङ गर्नुपर्छ । यहीँ हामीले धेरै कुरा ब्राण्डिङ गरेर हामीले युवाहरुलाई रोक्न सक्छौँ । अरु देशको कन्फ्रेन्सहरु यहाँ गर्नसक्छाँै । क्लाइमेट चेन्जले गर्दा अलिकति इको टुरिजमलाई प्रमोट गर्नुपर्छ ।’

कार्यक्रममा रेष्टुरेण्ट तथा बार एशोसिएशन नेपाल (रेबान) का नवनिर्वाचित अध्यक्ष संघर्ष बिष्टले रेबानको विधान संशोधन गरी रेबानलाई देशभर फैल्याउने योजना रहेको बताउनु भयो । उहाँले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अहिले ६/७ वटा जिल्लामा मात्रै सिमित रहेको भन्दै देशभर फैल्याउनका लागि नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाहरुसँग् सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले रेबान बलियो भए अन्य निजी संघसंस्थाहरु बलियो हुने बताउनु भयो ।

विधान संशोधन गरेर अघि बढाउने र रेबानलाई देशभर फैल्याउने हाम्रो योजना छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अहिले ६/७ वटा जिल्लामा मात्रै छाँै । अब हामी चाहन्छाँै, विधान संशोधन गरेर नेपाल अधिराज्यभर फैल्याउन चाहन्छाँै । हामी बलियो भयो भने एफएनसिसिआईहरु बलियो हुने हो । हामी एक अर्कासँग मिलेर अघि बढ्नुपर्छ ।

उहाँले नेपाल सम्भावना नै सम्भावना बोकेको देश भएकाले सबैले आफ्नो क्षेत्रबाट सकेको काम गर्नुपर्ने बताउनु भयो । रेबानको नयाँ कार्यसमितिमा अध्यक्षमा संघर्ष बिष्ट, प्रथम उपाध्यक्षमा नरेशध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्षमा लक्ष्मण बराल पोखरा, क्षेत्रगत उपाध्यक्षमा नरेश गिरी, सौराह,महासचिवमा शरदकुमार दाहाल, कोषाध्यक्षमा विप्लव भट्ट, सचिवमा सचिन कर्माचार्य, सहकोषाध्यक्षमा उद्धव ढकाल निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यमा अनुपलाल कक्षपती, नृपेश श्रेष्ठ, गुणराज श्रेष्ठ, तैजससुन्दरलाल कक्षपती, रितेश श्रेष्ठ, डोलबहादुर थापा सारु, नि:वर्तमान अध्यक्ष अरनिको राजभण्डारी, पदेन सदस्यमा नरेश भट्टराई, ध्रुव गिरी, जितेन्द्रलाल भूमी, अच्युत भट्ट, मनोनित सदस्यमा एकराज अधिकारी र देवेन्द्र गिरी हुनुहुन्छ ।