२८ श्रावण २०८३, बिहीबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली ‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’ आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन सम्पादक किशोर श्रेष्ठको निवास र जनआस्थाको कार्यालयमा प्रहरीको छापा विद्युत् उत्पादनसँगै प्रसारण र वितरण पूर्वाधारको सन्तुलित विकास आवश्यक : मन्त्री श्रेष्ठ रोल्पामा पहिरोले घर / गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन… संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’ सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना राष्ट्रियसभाको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम–२ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई सघाउने



अ+ अ-

काठमाडौं । १५ बैशाखमा हुनलागेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले इलाम–२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।

उपनिर्वाचनको लागि माओवादीले धीरेन्द्र शर्मा ‘रमण’ को एकल नाम सिफारिस गरेपनि शीर्ष तहमा एमालेलाई सहयोग गर्ने सहमति बनेको हो ।

धीरेन्द्रले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए । उनले भने, ‘दुई अध्यक्ष विच हिजो सहमति भएअनुसार केन्द्रबाट निर्देशन आएको छ । अब हाम्रो उम्मेदवार सुहाङ हो । गठबन्धन भएका हिसाबले हामी उहाँलाई जिताउन लाग्नेछौं ।’

इलाम–२ मा एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ उठ्ने भएका छन् । यस्तै, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेवार बनेका छन् । नेपाली कांग्रेसले भने हाल उम्मेदवारको टुङ्गो लगाएको छैन ।