• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

बम आक्रमणको चेतावनी पछि नर्वेको संसद भवन बन्द



एजेन्सी । बम आक्रमणको चेतावनी पछि नर्वेको संसद बुधवारबाट बन्द गरिएको छ ।

राष्ट्रिय प्रशारक एनआरकेले पुलिसलाई उद्धृत गर्दै मंगलबार साँझ एउटा र बुधवार बिहान बकम आक्रमण गर्ने अर्को धम्की आएपछि बन्द गरिएको जनाएको हो ।

प्रहरीले दुई धम्कीहरूको बारेमा अनुसन्धान जारी राखेको जनाएको छ । संसदमा प्रवेश गर्ने सबै प्रवेशद्वारहरू बन्द गरिएको छ । बुधवार बिहान १० बजेदेखि भवन वरपरका क्षेत्रलाई पनि घेराबन्दी गरिएको थियो । सुरक्षा उपायहरूले संसद भवन वरपरको ट्राफिक प्रवाह र सार्वजनिक यातायात सेवाहरूमा उल्लेखनीय समस्या निम्त्याएको छ ।

नर्वेका न्याय मन्त्री एमिली एन्गर मेहलले स्टोर्टिङ बिरुद्ध बमको धम्कीलाई अप्रिय र अस्वीकार्य भन्दै निन्दा गर्नुभएको छ ।