१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले आज इलाम र बझाङका उम्मेदवार छान्ने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज इलाम र बझाङमा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउँदै छ । त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन सभापति देउवाले तीन दिनयता नियमित छलफल गरिरहेका छन् । यसअघि हिजो दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उम्मेदवारको टुंगो लाग्न सकेको थिएन ।

इलाम-२ र बझाङ प्रदेशसभा-१ (क) मा हुने उपनिर्वाचनका उम्मेदवार बन्न कांग्रेसमा रस्साकस्सी छ । इलाम— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबीच मुख्य प्रतिस्पर्धा छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।

उता बझाङको उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहबीच प्रतिस्पर्धा छ । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् । पार्टी केन्द्र र उम्मेदवारका आकांक्षीबीच एकता गराएर आजै उम्मेदवार टुंगो लगाउने तयारी कांग्रेसको छ ।