• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो



काठमाडौँ । आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलले गएराति भएको खेलमा लुटन टाउनमाथि २–० गोलको जित निकालेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्डले एक गोल गरे भने अर्को गोल आर्सनलले उपहारस्वरुप पायो । खेलको २४ औं मिनेटमा ओडेगार्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा लुटनका डाइकि हासिओकाले आत्मघाती गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । यद्यपि, दोस्रो हाफमा भने दुबै टोलीबाट कुनै गोल निस्किन सकेन ।

आर्सनलको ३० खेलबाट ६८ अंक छ । एक खेल कम खेलेको लिभरपुल ६७ अंकका साथ दोस्रो स्थानमा रहँदा ३० खेलबाट ६७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । लुटन ३१ खेलबाट २२ अंकका साथ १८ औं स्थानमा छ ।