• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बाजुरामा भिरबाट लडेर एकजना महिलाको मृत्यु



symbolic photo

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ रिठ्ठाकी ४१ वर्षीया अपसरी बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आज बिहान गाउँ नजिकैको रहेको बालभिटा मेलामा घाँस काट्न गएका बेला लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिं भण्डारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान भिरबाट दुई सय मिटर तल खस्दा बुढथापाको घटनास्थलमै मृत्यु भएको हो ।

भिरबाट लडेर मृत्यु भएकी बुढथापाको शवपरीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शव राखिएको प्रनि भण्डारीले बताउनुभयो । रासस