५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा चैत्र २९ देखि वैशाख १ गतेसम्म १९ औँ फेवा नव वर्ष महोत्सव हुने



अ+ अ-

काठमाडौँ । होटल संघ पोखराको आयोजनामा चैत्र २९ देखि वैशाख १ गतेसम्म १९ औँ फेवा नव वर्ष महोत्सव आयोजना हुने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराईएको हो । चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवातालको किनारस्थित स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ । ‘पर्यटन संस्कृति र खाना’ भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्नु मेलाको मुख्य उद्देश्य भएको आयोजकको भनाइ छ ।

कोभिड १९ पछि पूर्ववत अवस्थामा सञ्चालन हुन नसकेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउँदै आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको आयोजकको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका अध्यक्ष विनायक शाहले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै विदेशमा पनि राम्रो सन्देश गइरहेको बताउनु भयो । उहाँले फेवा महोत्सवले पोखराको झनै प्रचार हुने बताउनु भयो । उहाँले सरकारले सडक व्यवस्थित बनाउन र विमानस्थल सञ्चालन गर्न पहल गर्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले काम गरेपछि सरकारबाट हुने काम पनि समयमा हुनुपर्ने दबाब जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पोखरा हाम्रो पर्यटकीय राजधानी घोषणा भएको छ । त्यसले देशमात्र नभइ विदेशमा पनि सकारात्मक सन्देश गएको छ । पर्यटकीय गन्तव्यमा पोखराको राम्रो सन्देश गएको छ । बाटोघाटाको समस्या छ, राम्रो छैन, बनेको अन्तर्राष्ट्रिय विमानस्थल चलेको छैन । यस्तै कार्यक्रमले देशवासी, जनता र सरकारलाई बताउने हो । जसले नीति निर्माणबाट यस्ता कुरा अघि बढ्छ । निजी क्षेत्रले यसरी काम गरेपछि सरकारबाट पनि हुने काम समयमा हुनुपर्ने दबाब जान्छ । पर्यटक प्रवद्र्धन एक पटक गरेर मात्रै पुग्दैन, नियमित गर्नुपर्छ, गरिरहेका छौँ । अब हामीले पोखरा जाने पर्यटकहरु, अन्यत्र पनि जानुहुन्छ, आउनुपर्ने कारण हामीले उत्पन्न गराउनुपर्छ ।’

महोत्सवमा गण्डकी प्रदेशमा रहेका रैथाने खानाको प्रवद्र्धन गर्ने, परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने, सांस्कृतिक झाँकीका कार्यक्रम, कलाकारहरुको प्रश्तुती, पर्यटक दौड प्रतियोगिता आयोजना हुने आयोजकले बताएको छ । विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल महोत्सवमा समेटिने उहाँले बताउनु भयो ।




भर्खरै