• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकमा नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य



काठमाडौँ । भारतको गुजरातमा जारी त्रिकोणत्मक मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ ।

भापीमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ४४ बलमा ६७ रन जोड्दा शेखले ५१ बलमा ८५ रनको योगदान दिए ।

यी दुई बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

रोहित पौडेलले ३, सन्दीप जोराले २, कुशल मल्लले १, गुलशन झाले ४, अनिल शाह शून्य रनमा आउट हुँदा विवेक यादव ७ र प्रतिश जिसि ४ रनमा नटआउट रहे ।

बलिङतर्फ गुजरातका जयमित पटेलले ३ तथा आर्या देशाई र ध्रुशान्त सोनीले २–२ विकेट लिए ।