२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज गुजरातसँग प्रतिस्पर्धा गर्दैछ ।

गुजरातविरुद्ध नेपाल पहिले ब्याटिङमा उत्रने भएको छ । गुजरातले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

नेपालले हिजो मंगलबार भएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो । यस्तै, गत आइतबार भएको पहिलो खेलमा नेपालले गुजरातलाई नै आठ विकेटले पराजित गरेको थियो ।