२२ मंसिर २०८२, सोमबार
,
Latest
कुवेतमा अलपत्र महिला कामदारको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देश यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट उच्च लयमा, आरसीबी भने ‘हरुवा’को तालमा



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को १५ औं खेलमा रोयल च्यालेन्जर्स बैंगरले हार बेहोर्यो । लखनउ सुपर जायन्ट्ससँग आरसीबी २८ रनले पराजित भएको हो । आरसीबीका लागि विराट कोहलीले १६ बलमा २२ रन बनाए ।

ग्लेल म्याक्सवेल शून्य रनमा आउट हुँदा क्यामरुन ग्रिन ९, अनुज रावत ११, दिनेश कार्तिक ४ रनमा पेभिलियन फर्किए । यी ब्याट्सम्यानमध्ये कुनै एकजनाले मात्रै पनि खेलको नतिजा उल्टाउन सक्षम छन् । तर, यी खेलाडीहरुको निराशाजनक प्रदर्शनका कारण आरसीबीले चार खेलमा तेस्रो हारको स्वाद चाख्नुपर्यो ।

यो खेलअघि कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले दुई अर्धशतक बनाएका थिए । प्रदर्शनको मामिलामा कोहली निकै उच्च लयमा छन् । तर उनको टोली भने भुइँमा झरेको छ । आरसीबी अंक तालिकाको ९ औं स्थानमा छ । ओरेन्ज क्यापको दौडमा कोहली शीर्ष स्थानमा छन् ।

कोहलीले ४ खेलमा २०३ रन बनाएका छन् । यस अवधिमा उनले २ अर्धशतक बनाएका छन् । कोहलीको उत्कृष्ट स्कोर ८३ रन नटआउट रहेको छ । यो सिजनमा सर्वाधिक रन बनाउनेमा उनी शीर्ष स्थानमा छन् ।

राजस्थान रोयल्सका खेलाडी रियान पराग दोस्रो स्थानमा छन् । परागले ३ खेलमा १८१ रन बनाएका छन् । यस अवधिमा उनले २ अर्धशतक बनाएका छन् । यस हिसाबले कोहली शीर्ष स्थानमा छन् ।

आरसीबी अंक तालिकाको ९ औं स्थानमा छ । यो सिजन उसको प्रदर्शन निराशाजनक रहेको छ । आरसीबीले ४ खेल खेलेको छ भने यस अवधिमा ३ खेलमा हार बेहोरेको छ । आरसीबीले एउटा मात्र खेल जितेको छ ।

जसका कारण सामाजिक सञ्जालमा टोलीको चर्को आलोचना भएको छ । आरसीबीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धेरै ट्रोल गरेका छन् ।

पर्पल क्यापको कुरा गर्ने हो भने मुस्ताफिजुर रहमान शीर्ष स्थानमा छन् । उनले ३ खेलमा ७ विकेट लिएका छन् । लखनऊ सुपर जायन्ट्सका मयंक यादव सर्वाधिक विकेट लिने दोस्रो स्थानमा छन् । मयङ्कले २ खेलमा ६ विकेट लिएका छन् । उनले आरसीबीविरुद्ध निकै महत्वपूर्ण भूमिका खेलेका थिए । लखनउका लागि मयङ्कले म्याच विनिङ प्रदर्शन गरे ।