२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट उच्च लयमा, आरसीबी भने ‘हरुवा’को तालमा



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को १५ औं खेलमा रोयल च्यालेन्जर्स बैंगरले हार बेहोर्यो । लखनउ सुपर जायन्ट्ससँग आरसीबी २८ रनले पराजित भएको हो । आरसीबीका लागि विराट कोहलीले १६ बलमा २२ रन बनाए ।

ग्लेल म्याक्सवेल शून्य रनमा आउट हुँदा क्यामरुन ग्रिन ९, अनुज रावत ११, दिनेश कार्तिक ४ रनमा पेभिलियन फर्किए । यी ब्याट्सम्यानमध्ये कुनै एकजनाले मात्रै पनि खेलको नतिजा उल्टाउन सक्षम छन् । तर, यी खेलाडीहरुको निराशाजनक प्रदर्शनका कारण आरसीबीले चार खेलमा तेस्रो हारको स्वाद चाख्नुपर्यो ।

यो खेलअघि कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले दुई अर्धशतक बनाएका थिए । प्रदर्शनको मामिलामा कोहली निकै उच्च लयमा छन् । तर उनको टोली भने भुइँमा झरेको छ । आरसीबी अंक तालिकाको ९ औं स्थानमा छ । ओरेन्ज क्यापको दौडमा कोहली शीर्ष स्थानमा छन् ।

कोहलीले ४ खेलमा २०३ रन बनाएका छन् । यस अवधिमा उनले २ अर्धशतक बनाएका छन् । कोहलीको उत्कृष्ट स्कोर ८३ रन नटआउट रहेको छ । यो सिजनमा सर्वाधिक रन बनाउनेमा उनी शीर्ष स्थानमा छन् ।

राजस्थान रोयल्सका खेलाडी रियान पराग दोस्रो स्थानमा छन् । परागले ३ खेलमा १८१ रन बनाएका छन् । यस अवधिमा उनले २ अर्धशतक बनाएका छन् । यस हिसाबले कोहली शीर्ष स्थानमा छन् ।

आरसीबी अंक तालिकाको ९ औं स्थानमा छ । यो सिजन उसको प्रदर्शन निराशाजनक रहेको छ । आरसीबीले ४ खेल खेलेको छ भने यस अवधिमा ३ खेलमा हार बेहोरेको छ । आरसीबीले एउटा मात्र खेल जितेको छ ।

जसका कारण सामाजिक सञ्जालमा टोलीको चर्को आलोचना भएको छ । आरसीबीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धेरै ट्रोल गरेका छन् ।

पर्पल क्यापको कुरा गर्ने हो भने मुस्ताफिजुर रहमान शीर्ष स्थानमा छन् । उनले ३ खेलमा ७ विकेट लिएका छन् । लखनऊ सुपर जायन्ट्सका मयंक यादव सर्वाधिक विकेट लिने दोस्रो स्थानमा छन् । मयङ्कले २ खेलमा ६ विकेट लिएका छन् । उनले आरसीबीविरुद्ध निकै महत्वपूर्ण भूमिका खेलेका थिए । लखनउका लागि मयङ्कले म्याच विनिङ प्रदर्शन गरे ।




भर्खरै