२२ मंसिर २०८२, सोमबार
,
Latest
कुवेतमा अलपत्र महिला कामदारको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देश यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मयंकले आईपीएल इतिहासमै चौंथो फास्ट बल फ्याँके



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को खराब प्रदर्शन जारी छ । उसले घरेलु मैदानमै लखनऊ सुपर जाइन्ट्स (एलएसजी)सँग हार बेहोर्यो ।

मंगलबार लखनउका तीब्र गतिका बलर मयंक यादवले फेरि एकपटक सिजनको सबैभन्दा फास्ट बल गरे । उनले १५६.७ किमी प्रतिघण्टाको गतिमा बल फाले, जुन प्रतियोगिताको इतिहासमा चौथो सबैभन्दा फास्ट बल थियो ।

ग्लेन म्याक्सवेल १६ औं पटक शून्य रनमा आउट भए भने विराट कोहली एउटै मैदानमा १०० टी–२० खेल्ने पहिलो भारतीय बने ।

लखनउका युवा फास्ट बलर मयंक यादव लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिए । उनले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए । यस स्पेलमा उनले १५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिमा ८ बल बलिङ गरेका थिए । यी मध्ये एउटा बल १५६.७ किमी प्रतिघण्टाको गतिमा थियो, जुन आईपीएल इतिहासमा चौथो सबैभन्दा फास्ट बल हो ।

पहिलो नम्बरमा अष्ट्रेलियाका शान टेट छन्, जसले २०११ को आईपीएलमा १५७.७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फ्याँकेका थिए । भारतका उमरान मलिकले पनि १५७ किलोमिटर प्रतिघण्टाको गतिमा बल फ्याँकेका छन् ।

आईपीएलमा सबैभन्दा फास्ट बलिङः
शान टेट (२०११) – १५७.७ किमी प्रतिघण्टा
लोकि फग्र्युसन (२०२२) – १५७.३ किमी प्रतिघण्टा
उमरान मलिक (२०२२) – १५७ किमी प्रतिघण्टा
मयंक यादव (२०२४) – १५६.७ किमी प्रतिघण्टा