१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

झापामा कालाजारका दुई सङ्क्रमित भेटिए

झापामा कालाजारका दुई सङ्क्रमित भेटिए
अ अ+ अ-

झापा । जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए ।

कार्यालयका सम्पर्क व्यक्ति वीरेन्द्र दासले विर्तामोड नगरपालिका–५ र शिवसताक्षी नगरपालिका–६ मा कालाजारको सङ्क्रमित भेटिएको बताउनुभयो । बिरामी भएर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँदा उनीहरुमा कालाजार पुष्टि भएको थियो । उहाँले कालाजारका सङ्क्रमित फेला परेको टोलमा आरडिटी किटमार्फत रगत परीक्षण गरिरहेको जानकारी दिनुभयो । यही चैत महिनामा फेला परेका दुवै सङ्क्रमित पुरुष छन् ।

उहाँले हाल जिल्लाका विभिन्न स्थानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र सरोकारवाला लगायतसँगको समन्वयमा अभिमुखीकरण तथा कालाजार खोजी गरिरहेको जानकारी दिनुभयो । प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्डफ्लाई’ नामक पोथी भुसुनाको टोकाइबाट मानिसमा कालाजार सङ्क्रमण हुने उहाँको भनाइ छ । सङ्क्रमितलाई टोकेको पोथी भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा कालाजार सर्ने गर्छ ।

कालाजारका बिरामीमा जीउ कालो हुँदै जाने र दुई साताभन्दा बढी अवधिसम्म ज्वरो आउने, भुँडी सुन्निनेलगायत लक्षणहरु देखापर्छन् । खुला र भुइँघरमा प्राय: रोग सार्ने भुसुनाले मानिसलाई टोक्ने गर्दछ । उहाँले कालाजारविरुद्ध अहिलेसम्म खोप उपलब्ध नभएका कारण भुसुनाको टोकाइबाट बच्न लामो बाहुला भएको कपडा लगाउने, भुसुना भगाउन तेल वा क्रिम शरीरमा दल्ने, घर वरिपरि सरसफाइमा ध्यान दिने, साँझको समयमा घरबाहिर नघुम्ने, राति झूल लगाएर मात्र सुत्ने सल्लाह दिनुएको छ । रासस