• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

‘सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर’



काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका संस्थागत विद्यालयले नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ ।

महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनअनुसार महानगपालिकाको शिक्षा विभागले अधिकांश संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने खालका नभएको भन्दै सात दिनभित्र महानगरपालिकामा अनिवार्य सम्पर्क गर्न सूचना जारी गरेको हो ।

शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को उपनियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नेपर्ने व्यवस्था छ । तर धेरै विद्यालयले यसको पालना गरेका छैनन् ।

संस्थागत विद्यालयहरुले सात दिनभित्र महानगरपालिकामा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अघि नबढाएमा विद्यार्थी भर्ना प्रक्रिया नै रोक्नेसहितका कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।

विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा निवेदन दिनुपर्ने छ । अन्यथा शिक्षा नियमावली २०५९, काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवथापन नियमावली, २०७४ तथा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने आज सार्वजनिक सूचनामा उल्लेख छ ।