१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफ भिड्दै, दुबैलाई इतिहास रच्ने अवसर

आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफ भिड्दै, दुबैलाई इतिहास रच्ने अवसर
अ अ+ अ-

कास्की । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ ।

‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । २०औँ संस्करणको जारी प्रतियोगिताको आज (शनिबार) हुने फाइनल खेलमा मनाङ सातौँ पटक उपाधिको खोजीमा हुनेछ । 

मनाङले यसपटक फाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई नयाँ प्रतिस्पर्धी पाएको छ । एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ । फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।

विसं २०६४ मा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएपछि एपीएफको त्यति बेला उपाधि जित्ने सपना साकार हुन सकेन । आहा रारामा यसपटक १४ वर्षपछि फाइनल पुगेको एपीएफ उपाधिको भोको छ । शनिबार पोखरा रङ्गशालाको मैदानमा उत्रिदा दुबै टोलीलाई इतिहास रच्ने अवसर प्राप्त भएको छ ।

नेपाल पुलिस क्लबसँग समान छ÷छ पटक उपाधि जितेको मनाङलाई २०औँ संस्करणको फाइनल जितेर सर्वाधिक ट्रफी उचाल्ने अवसर छ । एपीएफलाई पनि पहिलो पटक पोखराको मैदानमा उपाधि चुम्ने सुन्दर मौका जुरेको छ । मनाङले विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ, विसं २०७३ को पन्ध्रौँ र विसं २०७६ को १८ औँ संस्करणको उपाधि जितेको छ । 

एपीएफ जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई २–० ले निरास बनाउँदै अघि बढेको थियो । क्वार्टरफाइनलमा पाहुना टोली अमेरिकाको विवाइएससीको चुनौती ३–१ गोल अन्तरले पन्छाउँदै सेमिफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको डिफेण्डिङ च्याम्पियन र यसवर्षको लिग लिडर मछिन्द्रलाई ३–१ गोललेनै निराश बनाउँदै फाइनलको यात्रा तय गर्न सफल भएको हो ।

मनाङले भने क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दैै सेमिफाइनलमा स्थान बनाएकामा बिहीबार त्रिभुवन आर्मी क्लबमाथि टाइब्रेकरमा ४–३ गोलले विजयी हुँदा फाइनलमा एपीएफलाई पहिलो पटक प्रतिस्पर्धी पाएको हो । 

आहा राराको अनुभवी टोली मनाङ र बलीया टोलीलाई पाखा लगाउँदै दोस्रो पटक फाइनल पुगेका दुबै टोलीका प्रशिक्षक र टिम कप्तान फाइनलका लागि उत्साहित देखिएका छन् । दुबै टोलीका प्रशिक्षक र कप्तान यस वर्षको मोफसलको पहिलो प्रतियोगितामा उपाधि चुम्न दृढ देखिएका छन् ।

फाइनल खेलअघि शुक्रबार आयोजना गरिएको ‘प्रिम्याच कन्फ्रेन्स’ मा टोलीका प्रशिक्षकले उपाधि उचाल्ने दाबी गरे । मनाङका प्रशिक्षक फुजा टोपेले विपक्षी टोलीको प्रदर्शन राम्रो बन्दै गएको बताउँदै आफूहरु उपाधिका लागि खेल्ने बताए । उनले भने,“फाइनल पुग्दा हामी खुसी छौँ । अब उपाधि जितेर टिम र समर्थकलाई थप खुःशी दिन चाहन्छौँ ।”प्रशिक्षक टोपेले फाइनल खेलको रणनीति सार्वजनिक गर्न चाहेनन् ।

एपीएफका प्रशिक्षक कुमार थापाले मनाङ बलियो टोली भए पनि आफूहरु उपाधि जित्दै इतिहास बनाउने गरी फाइनल खेल्ने बताए । उनले भने, “कोरोना महामारीका बीचमा पनि भव्य प्रतियोगिता आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिन चाहन्छौँ । यस अवसरको उपयोग गर्दै उपाधि चुमेर इतिहास रच्ने योजनामा छौँ ।” मनाङका टिम कप्तान विमल रानाले दबाब रहित खेल्दै उपाधि जित्ने गरी खेल्ने बताए । टोलीका महत्वपूर्ण खेलाडी राष्ट्रिय टोलीमा रहेकाले पनि नयाँ र पुराना खेलाडीबीच टिम सेट अघिल्ला खेलमा कठिन भए पनि फाइनलमा राम्रो खेल्ने उनले बताए ।

एपीएफका कप्तान नविन लामाले टोलीले हरेक खेल राम्रो गर्दै गएकाले फाइनलमा पनि यसअघिका गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गर्ने उल्लेख गरे । 

फाइनलमा स्थान बनाएको एपीएफका महत्वपूर्ण चार खेलाडीले फाइनल खेल गुमाउने भएका छन् । टोलीका चार खेलाडीले यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएकाले फाइनल गुमाउने आयोजकले जनाएको छ ।

एपीएफका आवास लामिछाने, प्रदीप लामा, अदमा डोम्बिया र सविन थापाले दोहोरो पँहेलो कार्डका फाइनल खेलका लागि प्रतिबन्धमा परेको म्याच कमिसनर गोकुल थापाले बताए । 

सेमिफाइनलमा मच्छिन्द्रसँगको खेलमा एपीएफका चार खेलाडीले पहेँलो कार्ड पाएका थिए ।

एपीएफका प्रशिक्षक थापाले भने आयोजकको सो निर्णयप्रति असन्तुष्टि जनाए । खेलाडी प्रतिवन्धमा परेको बारेमा जानकारी नपाएको तथा प्रतियोगिता निर्देशिकामा समेत फरक/फरक खेलमा पाएको कार्डले अर्को खेल गुमाउने भन्नेमा उल्लेख नभएको उनले बताए । उनले भने,“हाम्रा खेलाडी प्रतिबन्धमा परेको बारेमा केही जानकारी छैन । फरक खेलको कार्डले फाइनल गुमाउने भन्नेमा प्रतियोगिता निर्देशिकामा उल्लेख छैन । हाम्रो पुरानै सेट मैदानमा उतार्ने छौँ ।”

यही माघ ६ गतेदेखी जारी प्रतियोगितामा विभिन्न १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई  जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजक सहाराले जनाएको छ ।