१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा विवाद, संस्थापन र इतर समूहका फरक उम्मेदवार !



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आगामी वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि उम्मेदवार छान्नै सकस भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा हिजो बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार टुंगो लगाउन सकेन ।

सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग पराजित डम्बर खड्कालाई नै उपनिर्वाचनमा उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेका छन् । तर महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेता शेखर कोइराला भेषराज आचार्यलाई टिकट दिनुपर्ने पक्षमा छन् । दुवै पक्ष अडानमा रहेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको छ ।

एमाले, रास्वपा र राप्रपाले उम्मेदवार टुंग्याएर चुनावी प्रचार थालिसक्दा पनि इलाम २ को उम्मेदवार छान्न कांग्रेसले नसकेको हो । २४ चैतमा उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका छ ।

जिल्ला तहबाट ७ जनाको नाम सिफारिस भएको छ । तर केन्द्रमा दुई जनाको नाममा मात्र छलफल भइरहेको छ । आज २ बजे पुन: बैठक बस्ने र आकांक्षीको नाम टुंगो लगाउने तयारी छ ।

२०७९ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार खड्का तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग १ सय १४ मतले पराजित भएका थिए ।