• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

कांग्रेसमा विवाद, संस्थापन र इतर समूहका फरक उम्मेदवार !



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आगामी वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि उम्मेदवार छान्नै सकस भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा हिजो बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार टुंगो लगाउन सकेन ।

सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग पराजित डम्बर खड्कालाई नै उपनिर्वाचनमा उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेका छन् । तर महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेता शेखर कोइराला भेषराज आचार्यलाई टिकट दिनुपर्ने पक्षमा छन् । दुवै पक्ष अडानमा रहेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको छ ।

एमाले, रास्वपा र राप्रपाले उम्मेदवार टुंग्याएर चुनावी प्रचार थालिसक्दा पनि इलाम २ को उम्मेदवार छान्न कांग्रेसले नसकेको हो । २४ चैतमा उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका छ ।

जिल्ला तहबाट ७ जनाको नाम सिफारिस भएको छ । तर केन्द्रमा दुई जनाको नाममा मात्र छलफल भइरहेको छ । आज २ बजे पुन: बैठक बस्ने र आकांक्षीको नाम टुंगो लगाउने तयारी छ ।

२०७९ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार खड्का तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग १ सय १४ मतले पराजित भएका थिए ।