२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मछिन्द्र फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनल प्रवेश



अ+ अ-

मोरङ । विराटनगरको सहिद रङ्गशालामा जारी रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरी काठमाडौँको मछिन्द्र फुटबल क्लबल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आठौँ संस्करणको उक्त गोल्डकपमा मछिन्द्रका जर्सी नं. ३० का स्टेफेन बिनोङले मध्यान्तर अगाडि १० मिनेटमा एक गोल गरेका थिए । कोलकोत्ताका साउर्थनका जर्सी नं १७ का सोनु हवल्दारले ३२ मिनेटमा गोल फर्काएर खेल बराबरमा पुर्याएका थिए ।

मध्यान्तरपछि मछिन्द्रका जर्सी नं ३० का स्टेफेनले ५५ मिनेटमा पुनः एक गोल गरी मच्छिन्द्र फुटबल क्लबलाई सेमिफाइनलमा प्रवेश गराउन सफल भएका हुन् । मछिन्द्रका स्टेफेन खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद रु ११ हजार प्राप्त गरेका छन् ।

बुधबारको पहिलो सेमिफाइनल खेल मोरङको साङ्ग्रिला फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरीको एपिएफबीच हुने आयोजकले जनाएको छ ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । विराट गोल्ड कप ट्रष्टद्वारा प्रतियोगिता आयोजना गरिएको हो ।