• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

आईपीएलमा आरसीबीको खराब लय जारी, लखनउसँग २८ रनले पराजित



एजेन्सी । इन्डियन प्रिमियर लिग–२०२४ (आईपीएल) को १५ औं खेलमा लखनउ सुपरजाइन्ट्स (एलएसजी)ले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)लाई २८ रनले पराजित गरेको छ ।

लखनउले चालू सिजनमा लगातार दोस्रो जित हात पारेको हो । यो जितसँगै लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने बैंगलोर नवौं स्थानमा छ ।

एम चिन्नास्वामी स्टेडियममा मंगलबार भएको खेलमा बैंगलोरले टस जितेर बलिङ रोजेको थियो । लखनउले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

जवाफमा बैंगलोरको टोली आफ्नै घरेलु मैदानमा १९.४ ओभरमा १५३ रनमा अलआउट भयो । लखनउका मयंक यादवले ३ विकेट लिए । उनी लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच भए ।

एलएसजीका लागि क्विन्टन डी ककले ५६ बलमा ८१ रनको इनिङ खेले। उनले ८ चौका र ५ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले २४ रनको छोटो इनिङ्स खेले भने कप्तान केएल राहुलले २० रन खेले । अन्त्यमा निकोलस पुरनले २१ बलमा ५ छक्का प्रहार गर्दै ४० रन बनाए । ग्लेन म्याक्सवेलले सर्वाधिक २ विकेट लिए ।

पहिले ब्याटिङ गर्न आएको लखनउलाई कप्तान केएल राहुल र डी ककले राम्रो सुरुवात दिलाए । दुबैले ५३ रनको ओपनिङ पार्टनरसिप गरे । त्यसपछि मार्कस स्टोइनिस र क्विन्टन डी ककबीच ५६ रनको साझेदारी भयो । अन्त्यमा कृणाल र पुरनले १२ बलमा अविजित ३३ रन जोडे ।

एलएसजीका लागि क्विन्टन डी ककले ५६ बलमा ८१ रनको इनिङ खेले । उनले ८ चौका र ५ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले २४ रनको छोटो इनिङ्स खेले भने कप्तान केएल राहुलले २० रन जोडे । अन्त्यमा निकोलस पुरनले २१ बलमा ५ छक्का प्रहार गर्दै ४० रन बनाए । आरसीबीका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २ विकेट लिए ।

बैंगलोरका तर्फबाट विराट कोहलीले २२ रन र फाफ डु प्लेसिसले १९ रन बनाए । नम्बर ३ मा रजत पाटीदारले २९ रन बनाए । त्यसपछि प्रभावशाली खेलाडीको रुपमा आएका महिपाल लोमरले १३ बलमा ३३ रन बनाए । लखनउका बलिङमा मयंक यादवले ३ विकेट लिए । नवीन उल हकले आफ्नो खातामा २ सफलता हात पारे ।

१८२ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले लगातार विकेट गुमायो । कप्तान फाफ डु प्लेसिस र विराट कोहलीले २६ बलमा ४० रनको ओपनिङ साझेदारी गरे । विराट कोहली आउट भएपछि टोलीको विकेट झर्न थाल्यो र टोलीले पुनरागमन गर्न सकेन । बीचमा पाटीदार–रावत र कार्तिक–लोमर बीच सानो साझेदारी थियो, तर रन चेसका लागि ती पर्याप्त थिएन ।

लखनउले चालू सिजनमा लगातार दोस्रो जित हात पारेको छ । टोलीले पछिल्लो खेलमा पञ्जाबलाई पराजित गरेको थियो भने एलएसजी आफ्नो ओपनिङ खेलमा राजस्थानसँग पराजित भएको थियो । टोलीले ३ मध्ये २ खेल जितेर ४ अंक जोडेको छ ।

अर्कोतर्फ रोयल च्यालेन्जर्स बैंगलोरले सिजनको तेस्रो खेलमा हार बेहोरेको छ । घरेलु मैदानमा बैंगलोरको यो लगातार दोस्रो हार हो। टोली चेन्नई र कोलकातासँग पराजित भएको थियो । बैंगलोरको एक मात्र जित पञ्जाबविरुद्ध थियो । आरसीबी अंक तालिकाको नवौं स्थानमा छ । आरसीबीले ४ मध्ये १ खेल जितेर २ अंक मात्र जोड्न सकेको छ ।

आजको खेलः दिल्ली क्यापिटल्स भर्सेस कोलकाता नाइट राइडर्स – बेलुका ७ः४५ बजे