२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठको स्पष्टिकरण: बिमस्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्कको प्रतिस्थापन संस्थाको रुपमा बिमस्टेकलाई नेपालले स्वीकार नगरेको बताउनुभएको छ ।

भारतले सार्कलाई बिमस्टेकको प्रतिस्थापन संस्थाको रुपमा अघि बढाउन चाहेको विश्लेषण भईरहँदा उपप्रधानमन्त्री श्रेष्ठको यस्तो स्पष्टिकरण आएको हो ।

उहाँले नेपाल सार्कलाई निष्क्रिय बनाउन बिमस्टेक चलाउने कुरासँग सहमत नरहेको अडान राख्नुभयो । मंगलवार प्रतिनिधि सभामा बिमस्टेक वडा पत्रको प्रावधान सम्बन्धि छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपालले कहिल्यैै पनि सार्कको प्रतिस्थापन संस्थाको रुपमा बिमस्टेकलाई नलिएको पनि स्मरण गराउनु भयो । बिमस्टेक सार्कको प्रतिस्थापन नभएको र हुनै नसक्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो । उहाँले सार्कलाई प्रभावकारी बनाउन नेपालले अध्यक्ष राष्ट्रको हैसियतले पहलकदमी लिने पनि बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपालले बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रुपमा बुझेर त्यसबाट लाभ प्राप्त हुनेगरी अगाडि बढन भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले सार्कका सम्बन्धमा हामी सबैले देखेका छौं, यहाँ पनि आवाज उठेको छ । सार्कलाई सक्रिय बनाउन सकिएको स्थिति छैन । हामी अहिले सार्कको अध्यक्ष छौं । माननीय सदस्यहरुले दिनुभएको सुझावलाई समेत ग्रहण गर्दै हामी सार्कलाई प्रभावकारी बनाउन आफ्नो हैसियतबाट जति भूमिका खेल्न सक्छौ, त्यो भुमिकासहित पहलकदमी लिने सोचमा छौं । र त्यस दिशामा हामी सक्रियता प्रदर्शन गर्नेछौं । तर हामी सबैलाई थाहा छ हामीले चाहँदा मात्रै पनि कुनै संस्था सक्रिया वा निष्क्रिय भइहाल्दैन ।’

‘तर हामो यो आफ्नो अध्यक्षको हैसियतले, यसको सक्रिय सदस्य राष्ट्रको हैसियतले आफ्नो तर्फबाट यसको निष्क्रियतालाई तोडने र यसलाई प्रभावकारी ढंगले भुमिका निर्वाह गर्न हामी प्रयत्न गर्नेछौं । र म प्रारम्भमा नै के पनि भन्न चाहन्छु भने सुरुमै भने बिमस्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन । यो सार्कलाई निष्क्रिय बनाउन बिमस्टेक चलाउने कुरासँग हामी सहमत छैनौं । विमस्टेकको आफ्नै उद्देश्य अन्तरगत यसमा सहभागिता जनाउने, यसलाई परिचालन गर्ने, यसलाई सक्रिय पार्ने कुरामा हामी सहमत छौं । तर हामीले कहिल्यै पनि सार्कको प्रतिस्थापन संस्थाको रुपमा बिमस्टेकलाई स्वीकार गरेको छैनौं । त्यो होइन भन्ने हाम्रो स्पष्ट धारणा छ । त्यसैले विमस्टेकलाई छुट्टै यस प्रकारको क्षेत्रिय संगठनको रुपमा बुझेर यसको उद्देश्यहरुलाई पूरा गर्नेगरी हामीले त्यसबाट समेत लाभ लिनेगरी क्षेत्रीय रुपमा नै त्यसको लाभ प्राप्त हुनेगरी अगाडि बढनका लागि हामीले भुमिका खेल्नुपर्ने आवश्यकता छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रुपमा बुझेर नेपालले सदस्य राष्ट्रको हैसियतले आफ्नो भुमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।