२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशमले बोलाएको बैठकबारे रञ्जिता: त्यो बैठक आधिकारिक होइन



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आगामी २३ र २४ गते काठमाडौंमा बोलाईएको बैठक आधिकारिक नभएको बताएकी छन् ।

आज एक सूचना जारी गर्दै रञ्जिताले रेशम चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको प्रस्ट पारेकी हुन् ।

रेशम पक्षका गंगाराम चौधरीले सोमबार सूचना निकालेर २३ र २४ चैतमा बैठक आह्वान गरेका थिए । उनले पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सक्कल नागरिकता र मतदाता परिचयपत्र लिएर आउन भनेका थिए ।

तर मंगलबार रञ्जिताले सूचना जारी त्यो बैठक आधिकारिक नभएको बताएकी छन् । केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको उल्लेख गरेकी हुन् ।