• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

प्रतिनिधि सभामा बिमस्टेक बडा पत्रको प्रावधानमाथि छलफल शुरु



तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल शुरु भएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बिमस्टेकको बडा पत्र संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले सो सम्बन्धमा छलफल शुरु गरिएको हो । बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले बिमस्टेकबाट नेपालले प्राविधिक, शैक्षिक र अनुसन्धानको क्षेत्रमा फाईदा लिन सक्ने बताउनु भयो । उहाँले क्षेत्रीय संगठनमा भारतको बढि चासो भएको उल्लेख गर्दै देशको हितमा यसलाई परिचालन गर्न नेपाल सरकारले विशेष जोड दिनुपर्ने बताउनु भयो ।

सांसद पन्तले भन्नुभयो, ‘विमस्टेकबाट नेपालले ठोस रुपमा कुनै फाईदा लिएको अहिलेसम्म देखिँदैन । त्यसकारण हामीले हेर्नुपर्ने कुरा के छ भने हामीले प्राविधिक, शैक्षिक र अनुसन्धानका विषयहरुमा यसबाट बेनिफिट लिन सक्छौं । त्यसका लागि पनि धेरै भरपर्ने चाहीँ एक नम्बरमा भारत त्यसपछि थाईल्याण्ड देखिन्छ । र यो जतिसुकै क्षेत्रीय सहयोगको लागि बनाएको संगठन भनेपनि यसमा भारत विशेष रुचि देखिन्छ । यसलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वार्णिम वाग्लेले विमस्टेकमा नेपालको सार्वभौमिकतामाथि आँच आउने कुनै पनि प्रावधान नभएकाले त्यसको स्वागत गर्नुपर्ने बताउनु भयो । उहाँले विमस्टेकलाई सशक्त बनाउन सकियो भने त्यसले नेपालको हित नै गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उपसभापति वाग्लेले भन्नुभयो, ‘हाम्रो सार्वभौमिकतामाथि आँच आउने प्रावधान यसमा छैनन् । त्यसैले म यसको स्वागत गर्न चाहन्छु । आर्थिक उन्ननयन, सामाजिक प्रगति, बैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व, कनेक्टिभिटी जस्ता मुद्दाहरुमा क्षेत्रीय सहकार्य गर्ने उद्देश्यले विमस्टेक बल्ल जाग्दैछ । यसलाई हुर्काएर दौडाउन सकियो भने नेपालको हितनै हुन्छ भन्ने हाम्रो पार्टीको मत छ ।’

सांसद वाग्लेले आर्थिक उन्ननयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व, कनेक्टिभिटी जस्ता मुद्दाहरुमा विमस्टेकले जोड दिएको उल्लेख गर्दै नेपालले पनि त्यसमा सहकार्यको हातलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो ।